टोकियो ओलम्पिक : पौडीमा गौरिकाद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
हिट चरणमा गौरिकाले १:००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।
५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।
यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्।
राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् । उनी हिट चरणबाट बाहिरिएकी छन् । यो प्रतिस्पर्धामा कुल ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा गौरिका ५०औं स्थानमा आइन् ।
१८ वर्षिया ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । सय मिटर फ्रिस्टायलको सर्ट कोर्षको (२५ मिटरको स्वीमिङ पुल) राष्ट्रिय कीर्तिमान पनि गौरिकाको नाममा छ । उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी थिइन्।
टोकियो ओलम्पिकमा यसअघि अर्का पौडी खेलाडी एलेक्जान्डर गाडेगार्ड शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए। हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।












कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया