महानगरको सहयोगमा कोल्ड रुमु स्थापना

गण्डकी । उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा–१७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरिएको छ ।
पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषिउपजको संरक्षण एवं बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ कोल्ड रुम स्थापना गरि सञ्चालनमा ल्याइएको हो । तीन टन क्षमता रहेको सो कोल्ड रुम फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाद्वारा चार लाख ८० हजारको लागतमा स्थापना गरिएको किसान बजार निर्माण तथा सञ्चालक समितिका अध्यक्ष चूडामणि बरालले जानकारी दिए ।
पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले आज एक समारोहका बीच नवनिर्मित कोल्ड रुमको उद्घाटन गर्दै यसबाट कृषकले भरपुर फाइदा लिने विश्वास व्यक्त गरे । कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, वडासदस्य वैकुण्ठ भण्डारी, महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया, कृषक उमानाथ सुवेदी, खिमलाल बराल, उमाकान्त बरालले कोल्ड रुमको महत्व र आवश्यकतामाथि प्रकाश पारेका थिए ।
पोखरा महानगरपालिकाद्वारा ११ लाखको लागतमा उक्त कृषि बजारको निर्माण गरि गत वर्षदेखि सञ्चालनमा ल्याएको हो । विश्वव्यापीरुपमा पैmलिएको कोरोनाको कारण बन्द भएको सो बजार साउन १ गतेदेखि पुनःसञ्चालनमा आएको कृषक श्याम पोखरेलले जानकारी दिए । रासस
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया