एमाले ब्यूँतिएपछि पहिलो पटक सिंहदरवारस्थित दल कार्यलय पुगे ओली
पार्टी सांसदहरुसँग ओलीले भने- म एकताका लागि निक्कै लचिलो छु
माधव नेपालले लिएको बाटो ठिक होइन । त्यसले न उहाँ (नेपाल)लाई राम्रो गर्छ, न पार्टीलाई नै

काठमाडौं । तत्कालिन एमाले र माओवादी एकता सर्वाेच्च अदालतले बदर गरेयता एमाले अध्यक्ष केपी ओली सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा पुगेका थिएनन । तर उनी वुधबार दिउँसो सिंहदरवारस्थित दलको कार्यलय पुगे । त्यहाँ उनले पार्टीका केही नेता र सांसदहरुसँग छलफल गरे । त्यसपछि फेरि नीजि निवास बालकोट फर्के ।
सिंहदरवारको दल कार्यालयमा पनि ओली लामो समय बसे । नेताहरुसँग निक्कै बेर गफिएर बसे । पार्टीभित्रको आन्तरिक राजनीति, सत्ता गठवन्धनको रणनीति र माधव नेपालले लिन सक्ने स्टेपका बारेमा उनले पार्टी नेता र सांसदहरुसँग कुराकानी गरे ।
ओलीसँग सम्वाद गरेका एक एमाले नेताले मेरोन्यूजसँग भने, ओली पार्टी एकताका लागि निक्कै नै सिरियस जस्तो देखिनु भएको थियो । उहाँ ९ओली०ले एकताका लागि आफु जुनकुनै हदमा पनि लचिलो हुन तयार छु भन्नुभयो ।
तर ओलीले माधव नेपालको पछिल्लो भूमिका र कदमले आफु निक्कै चिन्तित बनेको पनि बताएको ति नेताले बताए ।
‘म लचिलो छु, माधव नेपाल लगायतका नेताले अनुशासनको दायरा नाघेर जाने काम गरे । आफ्नै पार्टीको प्रधानमन्त्री विरुद्ध सर्वाेच्च पुगे । पार्टी ह्वीप नमानेर प्रतिस्पर्धी पार्टीलाई प्रधानमन्त्री बनाउने र विश्वासको मत दिने सम्मको काम गर्ने काम भयो, तैपनि म लचिलो छु, तर माधव नेपाल धेरै टाढा पुगिसकेको देखिएको छ । माधव नेपालले लिएको बाटो ठिक होइन । त्यसले न उहाँ (नेपाल)लाई राम्रो गर्छ, न पार्टीलाई नै । अहिले पार्टीको एकता जोगाउन सवै पक्ष लाग्नुपर्छ,’– ओलीले नेताहरुसँग भने ।
सिंहदरवारमा ओलीले शुरुमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश १ का नेताहरुसँग लामै कुराकानी गरेका थिए । त्यसपछि सांसदहरुसँग छलफलमा बसेका थिए ।
सांसदहरुसँग कुराकानी सकेर अध्यक्ष ओलीले संसदको काम कारबाहीबारे प्रमुख सचेतक विशाल भट्टराईसँग छलफल गरेका थिए । दिउँसो दुई बजे सिंहदरबार पुगेका अध्यक्ष ओली साढे चार बजे सिंहदरबारबाट फर्किएका थिए ।
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया