कांग्रेसको पदाधिकारी बैठक आज पनि, महाधिवेशनको अन्योल टुङ्गिएला ?

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज पनि बस्दै छ ।
बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनबारे आवश्यक निर्णय लिने कांग्रेसले जनाएको छ ।
आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि कांग्रेसमा छलफल चलिरहेको छ ।
साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ । यद्धपी निष्कर्ष भने निसिकएको छैन ।
क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिका ल्याइने सहमहामन्त्री प्रकाशशरण महतले बताए । उनले तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर भएपनि महाधिवेशन भने निर्धारित मितिमै गर्ने गरी निर्णयमा पुग्ने बताए ।
निर्वाचन समितिले निर्धारित मितिमा महाधिवेशन गराउन नसकिने बताएपनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मान्न तयार छैनन् । उनीहरु दुबै जनाले निर्धारित मितिमै महाधिवेशन हुने पर्ने बताउँदै आएका छन् ।
महाधिवेशनका लागि भोटर क्रियाशील सदस्यता सम्वन्धी विवाद नै कांग्रेसले टुङ्ग्याउन सकेको छैन ।
क्रियाशील सदइता छानविन समितिले अस्ती मंगलबार अपूर्ण प्रतिवेदन नै नेतृत्वलाई बुझाएको थियो ।
नेता रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि बुधबार छलफल गरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विवाद मिलाएर प्रतिवेदन पूरा गर्न समितिलाई एक दिनको समय दिएको थियो । समितिले पाएको समयावधी आज सकिंदै छ ।
















सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया