चार पूर्वमन्त्रीको रिटमाथि कार्कीको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतले चार पूर्वमन्त्रीको रिटमा सुनुवाइ गर्न पेसी तोकेको छ । सर्वोच्च अदालतले बिहीबार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ गर्न पेसी तोकेको हो ।
नेकपा एमालेमा प्रवेश गरपछि नेकपा माओवादी केन्द्रले कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथिको सुनुवाइ कार्कीको इजलास हुने भएको छ । उनीहरुले बुधबार सर्वोच्च अदालतमा आफूहरु माओवादी केन्द्रेकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेका छन् ।
रिटमा आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको उनीहरुले दाबी गरेका छन् । गत चैत २६ मा माओवादी केन्द्रले माओवादी दल त्याग गरी एमालेमा लागेको भन्दै रायमाझी, भट्ट, साह र चौधरीलाई सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो ।
आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरुले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।














१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया