एमाले नेता नेपालसँग वार्ता गर्न माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वरमा
मेरोन्यूज
२०७८ साउन १४ गते १५:०४

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् । दुई नेताबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवासँग मन्त्रालय बाँडफाँडको बारेमा छलफल गरेलगत्तै प्रचण्ड नेपाल निवास गएका हुन् । नेपाल पक्षलाई सरकारमा सहभागी गराउन सत्तारुढ गठबन्धन तयार रहेको छ ।
नेपाल पक्षले पार्टी एकता कायम राख्ने टुंगो नलागेसम्म सरकारमा सहभागी नहुने बताएको छ । नेपाल पक्ष सरकारमा सहभागी नभएपनि अन्य राजनीति नियुक्तिमा स्थान दिने गठबन्धनमा सहमति भएको छ ।
सम्बन्धित

















सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
फेवातालमा कार खस्दा चालकको मृत्यु
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
प्रतिक्रिया