न्यूनस्तरको खाद्यवस्तु विक्रि गर्ने विरुद्ध मुद्दा दर्ता

काठमाडौं । न्यूनस्तर तथा दूषित खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा १०० व्यक्तिका नाममा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दर्ता भएका छन् ।
मानव स्वास्थ्यमा हानि पु¥याउने मासु, पानी, दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा कम्पनीका लगानी कर्ता तथा बिक्रेताका नाममा ती मुद्दा दर्ता भएका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याउने गरी उक्त वस्तुको उत्पादन तथा बिक्रीवितरण गरेको अभियोगमा खाद्य ऐन (तेस्रो संशोधन) -२०४९ अनुसार कानूनी कारवाही होस् भन्दै सम्बन्धित निकायमा मुद्दा दर्ता गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज आयोजन गरेको कार्यक्रममा विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले अभियोग प्रमाणित भएमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्मा जरिवाना वा दुवै सजाय हुनसक्ने बताए ।
















श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया