आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको १५ गते शुक्रबार, श्रावण कृष्णपक्षको षष्ठी तिथि, उप्रान्त सप्तमी तिथि रहेको छ । साउन १५ का दिन खिर खाने प्रचलन नेपाली समाजमा रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
समय अनुकुल चलिरहेको छ । धन सम्पत्तिमा बढोत्तरी हुन पुग्ने छ । ब्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । नेतृत्वदायी क्षमतामा निखारता आउने छ भने आत्माबलमा पनि बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ ।
वृष
बोलीको प्रभाव बढ्न जाँदा प्रभावशाली व्यक्तित्व हुने छ । भाग्य बलियो रहेको समय रहेको छ । रिस पनि अत्याधिक कडा शैलीका हुने भएकाले रिस नियन्त्रण गर्न ध्यान दिनु पर्ने देखिन्छ । शैक्षिक क्षेत्र, पुस्तकको कारोवार, ठेक्का पट्टा, निर्माण ब्यवसाय, निर्माण क्षेत्र आदीमा संलग्नहरुका लागि समय अनुकुल रहने छ ।
मिथुन
नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले नियन्त्रण गर्ने प्रयास गर्नु होला । पेशागत जीवनमा केही सकारात्मकता थपिने छ । तर भाग्यहिनताका कारण रोजगारी तथा ब्यावसायमा कठिनाईहरुका क्रम देखा पर्ने भएकाले संयमित रहनु होला ।
कर्कट
ब्यवस्थापकीय र नेतृत्वदायी भुमिका प्राप्त हुने छ । अरुको विश्वास जित्न सकिने छ । साझेदारीमा गरिएका कामहरुमा सकारात्मक परिस्थिति देखा पर्ने छ । मनमा दुविधा अत्याधिक बढ्न जाने छ । यसले निर्णय क्षमतामा कमि ल्याउनुका साथै जिम्मेबारी पाए अनुसारको दृढता सृजना हुने छैन् ।
सिंह
पेशागत र ब्यावसायिक जीवन अनुकुल रहने छ । भाग्यको बलियो साथ रहेको देखिन्छ । मनमा दृढता थपिने छ । आम्दानीमा पनि बृद्धि हुने छ । औषधी आपूर्ति, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति, सौन्दर्य प्रशाधनका सामान, अस्पतालमा हुने उपचारजन्य सामान आपूर्ति गर्ने क्षेत्रमा संलग्नहरुलाई फाइदा पुग्ने देखिन्छ ।
कन्या
साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु देखा पर्ने छन् । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका कर्मचारीहरुसँग खटपट हुने भएकाले सतर्क रही कार्य गर्नु होला । मनमा निरन्तर दुविधाले सताउने छ । आफूलाई प्राप्त जिम्मेबारी वहन राम्रोसँग गर्न नसक्दा त्यसको नकारात्मक प्रभाव आफु माथि पर्न जाने छ ।
तुला
जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । मनोबल उच्च रहने छ । पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता देखा पर्ने छ । पुस्तक कारोवार, प्रेस ब्यवसाय, स्टेशनरी, संचारमाध्यम, पत्रकारिता, बाचन पेशा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुले आम्दानी गुमाउनु पर्ने छ ।
वृश्चिक
दुविधात्मक ब्यक्तित्व हुने छ भने कार्य सम्पादनमा जोश र जाँगरको कमि देखा पर्ने छ । शरीरमा कमजोरी बढ्ने छ जसले गर्दा मनोबलको कमि आउने छ । जीवनसाथिको साथसहित काम गरेमा अवरोधहरु छिचोल्न सहज हुने छ । ठेक्का पट्टा, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, सर्जन आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यता साथ अघि बढ्नु होला ।
धनु
भाग्यको बलियो साथ रहेको छ । भित्रि बुद्धि र चतु¥याईमा बृद्धि हुने भएकाले कार्य सफलताको दर बढ्ने छ । परिवारको साथ र मद्धतमा सहजता उपन्न हुन जाने छ । पेशागत जीवनमा विभिन्न खाले नसोचिएका उल्झन र समस्याहरु देखा पर्ने छ । साझेदारीका काममा साझेदारहरुका बीच द्वन्द चर्कन सक्ने र बादबिबाद हुने भएकाले संयमताको खाँचो देखिन्छ ।
मकर
व्यक्तित्वमा रिसाहापनामा पनि बृद्धि हुने भएकाले संयमिताको खाँचो रहन्छ । दृढता बृद्धि हुने छ । पारीवारिक जीवनमा मधुरताको वातावरण हुने छ, यसले प्रतिकुलतासँग जुध्न मद्दत पु¥याउने छ । आम्दानीमा सोचे जस्तो नहुने भएकाले जे जति प्राप्त भएको त्यसमा सन्तोष लिँदै अघि बढ्नु होला । गुप्तचरी र अनुसन्धनात्मक क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
कुम्भ
परिवारको साथका कारण कदर र प्रशंसा प्राप्त हुन पुग्ने छ । शान्त किसिमको ब्यक्तित्व हुने छ । मेहनति र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन जाने छ । सवारीसाधन, वाहन, घर घडेरी, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय हल्का सकारात्मक बन्ने छ ।
मीन
मनमा दुविधाका क्रमहरु बढि आउँदा निर्णय क्षमतामा कमि आउने छ । भाग्यहिनताको अभाष हुने हुँदा ब्यक्तित्वमा दृढताको कमि आउने छ । परिवारका सदस्यहरुका बीचमा कटुता देखा पर्ने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा मेहनत र पराक्रमीपनाले सार्थकता पाउने छ । सिमेण्ट, फलाम, ठेक्कापट्टा, सामान ढुवानी, घर घडेरी जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा प्राप्त हुने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
प्रतिक्रिया