सिटिजन्स बैंकले १४ प्रतिशतभन्दा बढी लाभांश बाँड्ने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले गत आर्थिक वर्षको लाभाम्सद्धारा शेयरधनीलाई १४ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नसक्ने देखिएको छ ।
गत आर्थिक वर्ष २०७७÷७८ का लागि बैंकको कुल वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड ६१ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको सिटिजन्स बैंकले जनाएको छ । जसअनुसार बैंकले आफ्नो शेयरधनीलाई १४ दशमलब ३६ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको हो ।
बैंकको खूद नाफा ३३ दशमलब ४ प्रतिशतले बढेर १ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खूद नाफा १ अर्ब १९ करोडमा सीमित थियो ।
यस्तै, अघिल्लो वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८८ करोडमा सीमित खूद ब्याज आम्दानी बढाएर यो वर्ष ३ अर्ब ६० करोडको उचाई चुमाएको छ । यसरी खूद ब्याज आम्दानीतर्फ बैंकले २५ दशमलब ८ प्रतिशतको फड्को मारेको छ ।
बैंकले चौथो त्रैमासिकमा निक्षेप संकलन ५८ दशमलब ९२ र कर्जा लगानी ५० दशमलब १३ प्रतिशतले बढाएको छ । बैंकले समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब बढी कर्जा परिचालन गरेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि पटक–पटक लगाइएको लकडाउनको प्रभाव बैंकको कर्जातर्फ देखिएको छ । जसको फलस्वरुप अघिल्लो वर्ष १ दशमलब ५५ प्रतिशत मात्र रहेको खराब कर्जाको अनुपात केही बढी २ दशमलब ७७ प्रतिशत पुगेको छ ।
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया