स्वास्थ्य उपचारमा किन हुन्छ खेलवाड ?
फर्जी ,खराब स्वास्थ्यकर्मीलाई घृणा मात्र होइन भण्डाफोर गरौ , जसले ज्यान बाजी लगाई कठिन समयमा फ्रन्ट लाइनमा रहेर काम गरेका छन, उनीहरुलाई उच्च सम्मान गरौ

कारोना भाइरस (कोभिड १९) का कारण सिङ्गो विश्व, मानवजाती नै अस्तित्वको लडाँई लडिरहेको छ । मानव सभ्यता, संस्कृति, वातावरण र जीवात्माको रक्षार्थ विश्वका हरेक मुलुकहरु कोरोना विरुद्ध संघर्षरत छन् । हरेक देश आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षाका खातिर सबै कार्यहरु थाती राखेर महामारी नियन्त्रणका लागि प्रयत्नरत छन् । कोरोना विरुद्धको अभियानमा केहि देश गोलबद्ध हुन थालेका छन् । कोरोना भाइरसको सुरुवाती चरणलाई विश्वका प्राय मुलुकहरुले सामान्य फ्लुका रुपमा लिए ।
विश्व स्वास्थ्य संगठनले यो भाइरसबाट विश्व नै संक्रमित हुने सम्भावनाबारे जानकारी गराउँदा समेत गम्भिरताका रुपमा नलिदाँ महामारीले डरलाग्दो रुप लिन पुग्यो । जब भाइरसले महामारीको रुप लिन थाल्यो, तब स्वास्थ्य संवेदनशिलताको बारेमा सबैलाई सोच्न बाध्य बनायो । नेपाल भारत लगायत अन्य देशले रातरात अस्पतालहरुको निर्माण गर्न थाले, स्वास्थ्य सामाग्री र औषधीको उत्पादन गर्न थाले र संक्रमण रोकथाम, न्यूनिकरण र ब्यवस्थापनका लागि पूर्वतयारी गर्न थाले । भौतिक विकास, आर्थिक समृद्धि र प्रविधिले मात्र शक्तिशाली भएर हुन्न, स्वस्थ्य क्षेत्रलाई पनि प्राथामिकता दिई नविन विधि र पद्धतिलाई अवलम्बन गर्नु पर्ने महामारीले विश्वलाई सन्देश दिएको छ ।

रास्ट्र र हाम्रो समाजले सर्वाधिक उच्च सम्मान गर्ने पेशा हो, चिकित्सा । दक्ष र पेशाप्रति समर्पित चिकित्सकले स्वस्थ समाज निर्माणमा अतुलनीय योगदान पुर्याइरहेका हुन्छन् । तिनलाई बिरामीले भगवान तुल्य जस्तै मान्छन् । यही पेशामा रहेका कतिपय चिकित्सकले बिरामीको खल्ती छामेर , विमारीको अनुहार हेरेर उपचार गर्ने पनि देखिएका छन्, तिनीहरू नाफाखोर व्यापारीका कोटीमा पर्छन्, तिनलाई समाजले सम्मान गर्दैन । चिकित्सा शिक्षा अन्य भन्दा गम्भीर विषय हो । यो विषय अध्ययन गर्न चाहने विद्यार्थीले एक प्रकारको लामो तपस्या नै गर्नुपर्छ । तपस्यामा सफल हुन सजिलो छैन, कडा मेहनत र लगनले मात्र दक्ष डाक्टर बन्न सकिन्छ ।
नयाँ मिशन सहित सरकारी अस्पतालमै केही नयाँ गरौं, राम्रो गरौं भन्नेहरुलाई भने अनेकौं बखेडा झिकेर हातखुट्टा बाँध्ने काम गर्छन । त्यसैले उनीहरु सरकारी अस्पतालमा थच्चिएर बस्नुभन्दा आफ्नै प्राइभेट दुकान खोल्न, भासिन सजिलो र राम्रो मान्छन्। ड्युटीको बेलामा खबरै नगरी गायब हुने स्वास्थ्यकर्मी, मादक पदार्थ सेवन गरेर आउने कर्मचारी, समयमा उपस्थित नहुने कर्मचारी, केहि अस्पताल मा सीनियर हाकिमबाट जूनियर कर्मचारीलाई दुर्व्यवहार गर्ने, समयमा तलब भत्ता नदिने गर्छन । धेरै जिल्लाहरूमा, १२ बजे आएर २ नबज्दै हराउने डाक्टरहरु धेरै स्वास्थ्य संस्थाहरुमा भेटिन्छन्। यस्ता ब्यक्तिलाई कारवाही गर्न सक्ने नियम ऐन कानून पनि छन होला ।
यहाँ अर्घाखाँची जिल्ला लगायत केहि दुर्गम जिल्लाका हाकिमहरु नै विभिन्न बहानामा महिनौं आफ्ना संस्थाहरुबाट गायब हुने गर्छन्। यदी कसैले कारवाही गर्न खोज्यो भने पनि आफ्नो राजनीतिक दल , सामाजिक र अन्य विभिन्न खाले ब्यक्तिबाट संरक्षण हुने गर्छन र कारवाही असम्भव बनिदिन्छ। फर्जी ,खराब स्वास्थ्यकर्मीलाई घृणा मात्रा होइन भण्डाफोर गरौ , जसले ज्यान बाजी लगाई कठिन समयमा फ्रन्ट लाइनमा रहेर काम गर्ने ईमानदार स्वास्थ्यकर्मीलाई उच्च सम्मान गरौ ।
डाक्टरले स्वास्थ्य सेवा जहाँ गए पनि बीमारीलाई आदर सम्मान साथ उपचार गरिनुपर्छ। नेपालमा आवश्यक पर्ने जो कोहीले पनि स्वास्थ्यसेवा पाउन सक्ने हुनुपर्छ । तपाईं कहाँ बस्नु हुन्छ, तपाईसँग कति पैसा छ, कुन धर्म मान्नु हुन्छ, तपाईले के गर्नु हुन्छ , समुदायमा तपाईंको मान हैसियत के छ, कुन राजनीतिक पार्टी संघ संस्था सँग आस्था राख्नुहुन्छ ? तपाइको अनुहार कस्तो छ ? जिल्ला देखी काठमाडौं सम्म एम्बुलेंस पैसा दिन सक्ने छन् की छैनन ? जस्ता प्रश्न आउने गर्छन । डाक्टरले आफ्नो पार्टीका आस्था राख्नेलाई नजिक र अर्को ब्यक्ति बिशेषलाई टाढा राख्नु हुदैन । सबैलाई समान ब्याबहार गर्नुपर्छ ।
डाक्टरले तपाईंलाई लागेको रोगका बारेमा र त्यसलाई उपचार गर्न सकिने उपायहरूबारे पीड़ित परिवारलाई बताइदिनुपर्छ । सेवा दिने मानिसले तपाईंलाई के गर्दा सन्चो हुन्छ र तपाईको रोगलाई फेरि लाग्न नदिन के गर्नुपर्छ भनेर बुझाउन सक्नुपर्छ । बिमारीले उपचार गर्ने नगर्ने र गरेमा कसरी गर्ने भनेर छान्न पाउनुपर्छ । गर्ने भनेर तपाईंले निर्णय गर्नसक्ने अवस्था हुनुपर्छ । उपचारका सम्भावित हानीकारक असरहरू र परिणाम हटाउन आवश्यक सूचना विमारी या आफन्त परिवारलाई जानकारी दिनु पर्छ । यसैगरी भविष्यमा डरलाग्दा स्वास्थ्य समस्याहरूलाई कसरी रोकथाम गर्ने भनेर पनि तपाईलाई बताइनुपर्छ । डाक्टरले तपाईंलाई आदर र नम्रताका साथ व्यवहार गरिनुपर्छ । तपाईले डाक्टर, नर्स अथवा अरू स्वास्थ्य कार्यकर्तालाई भनेका कुरा अरूले सुन्न पाउँदैनन् र कसैले कसैलाई भन्न पनि मिल्दैन । तपाईंको शरीर जाँच्दा अरूले हेर्न पाउँदैनन् । यदि जाँच्दा अरू व्यक्तिहरू छन् भने उनीहरू को हुन् र त्यहाँ किन आएका हुन् भनेर तपाईंले सोध्न सक्नुहुन्छ । यदि उनीहरूको अगाडि जचाँउन इच्छा नभए उनीहरूलाई बाहिर पठाउने तपाईंको अधिकार छ । जाँचिरहेको बेला तपाईंलाई सकेसम्म सुविधा दिइनुपर्छ । अनावश्यक विमारीलाई धेरैबेर कुराउनु हुँदैन ।
अर्घाखाँची जिल्ला लगायत केहि जिल्लामा अहिले पनि कति मानिसलाई ‘डाक्टरले हेरेर दिएको औषधि खाएमा मेरो रोग निको हुन्छ’ भन्ने थाहा छ । अस्पतालमा ठुलो पहुँच नहुनेले सिटामोल सम्म पाउदैन । दुर्गम क्षेत्रका गरीव दुःखी जनताको पहुँचमा अस्पताल छैन । अस्पतालको पहुँच भए त्यहाँ जनशक्ति र उपकरण छैन । उपकरण भएको ठाउँमा संरचना र औषधी छैन । कार्यालयका हाकिमको र् ब्यबस्था समिति मेडिकल माफियाको सेटिंगमा आर्थिक भ्रष्टाचार हुन्छ । भ्रष्टाचार हाम्रो समाजको रोग हो। सरकारी संयन्त्रको धमिरा हो । सभ्य समाजको लागि दूषित प्रदूषण हो । यसले व्यक्तिको स्वभाव र शैलीलाई नकारात्मक बनाउँछ । केहि व्यक्तिलाई व्यक्तिवादी बनाउँछ। व्यक्तिको अनुशासन र मर्यादामा स्खलन ल्याउँछ। समाजमा अस्वस्थ , कुसंस्कारलाई बढवा दिएको छ ।
जिल्ला स्वास्थ्य अस्पतालमा सार्वजनिक ओहोदामा रहने लगभग सबैले गर्ने तर गरेको छु भन्न नचाहने कर्म हो भ्रष्टाचार। व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो । भ्रष्टाचार एउटा जटिल सामाजिक राजनीतिक र आर्थिक समस्या हो । भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन तथा विश्वकै अर्थतन्त्रलाई धराशयी बनाउँछ । यसले कुनै समाज, देश मात्र नभएर सम्पूर्ण विश्वलाई नै आक्रान्त बनाएको छ । ब्यक्तिका लोभ र व्यक्तिगत स्वार्थले एकोहोरो बनाएको छ। यहाँ दायाँबायाँ, अधिकार–कर्तव्य, आफ्नो र पराया छुट्याउने विवेकले स्थान गुमाउँदै गएको छ। व्यक्ति केन्द्रित लोभ र स्वार्थले मानिसलाई सामूहिक हित र निष्ठाबाट टाढा पुर्याएको छ। लोभ र व्यक्तिगत स्वार्थ हाबी भएको अवस्थामा सत्य र नैतिकताले स्थान गुमाउँदै गएको छ ।
पद्धति र प्रवृति बीचको द्वन्द्वका कारण बाटो बिराएको अवस्था छ । त्यसैले व्यक्ति केन्द्रित नभई रास्ट्रको पद्धति केन्द्रित नीति, विधि र प्रक्रिया तय हुन आवश्यक छ । नेतृत्वबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित सबै पक्ष थप कठोर हुन अनिवार्य छ। सम्बधित निकायको ध्यान जान पनि जरूरी छ ।
जिल्लाका विकट क्षेत्रका गरीब दुःखी जनतालाई कतिलाई अस्पताल पुग्न भौगोलिक अवस्था पनि बाधक छ । चाहेर, बुझेर र ज्ञान हुँदाहुँदै पनि मानिसहरू अस्पतालको पहुँचमा पुग्न नसकेका कारण नचाहेरै धामीरझाँक्री घरेलू उपचार जस्ता अन्य उपचार विधि अपनाउन बाध्य भइरहेका छन् । त्यस्ता उपचार विधिलाई पूर्ण रूपमा बेवास्ता गर्न नमिल्ला तर सबै रोगमा यस्ता उपचार पद्धतिमा भर पर्नुपर्ने बाध्यताले मानिसले पीडा सहनु परिरहेको छ । हाम्रो समाजले स्वास्थ्य र स्वास्थ्य प्रणाली बुझे पनि व्यवहारमा लागू गरेको देखिंदैन । किनकि, यसमा मान्छेको जीवन जोडिएको हुन्छ । दक्ष चिकित्सकको हातमा परेका बिरामी रोगमुक्त भएर आफ्नो नियमित काममा लाग्न सक्छन् भने खराब तथा नेपालका केहि जिल्लाका नक्कली चिकित्सकले मृत्युको मुखमा पुरयाइदिने खतरा रहन्छ । नक्कली चिकित्सकका कारण बिरामीमा पर्न गएको असरबारे राज्य , पीड़ित परिवारले कुनै खोजबिन गर्न सकेको छैन । त्यसको नतिजा भयावह हुने निश्चित छ ।
यसकारण पनि नेपालमा चिकित्साबारे राज्य ,जनता ,बौद्दिक जगत, अधिक संवेदनशील हुनु जरुरी हुन्छ । नेपालको फितलो सरकारी नियमन र अनुगमनका कारण नक्कली डाक्टरले सरकारी अस्पतालमै काम गरिरहेको समेत देखिएको छ । निजी अस्पतालमा यस्ता नक्कली डाक्टर झनै बढी हुन सक्छन् । किनकी, यिनलाई कम सेवा–सुविधामै काम लगाउन पाइन्छ । यसले जनमानसमा चिकित्सकप्रति नै नकारात्मक धारण वृद्धि गराएको छ । केही वर्षदेखि निजी क्षेत्रहरुमा अस्पताल खोल्न र मेडिकल कलेज सञ्चालन गर्ने कार्यमा कारोवारी आकर्षित हुन थालेका छन् ।
मुनाफा हुने देखेर नै निजी क्षेत्र यसमा लगानी गर्न अग्रसर भएको हो । यस क्षेत्रमा व्यापक प्रतिस्पर्धा आरम्भ भएको छ । यो सुखद अवस्था हो । प्रतिस्पर्धाले दक्षता अभिवृद्धि गराउने विश्व मान्यता छ । तर, नेपालको चिकित्सा क्षेत्रको सन्दर्भमा भने अवस्था उल्टो हुन पुगेको छ । धनाढ्य र पैसाका आधारमा डाक्टर बन्ने होड चल्न थालेको छ । राजनीतिक पहुँच अर्को बलियो आधार बनिरहेको छ । कतिपय अवस्थामा आरक्षणका नाममा गरिएका गलत व्यवस्थाले पनि चिकित्साक्षेत्र बदनाम र अविश्वसनीय बन्दै आएको छ । पैसावाला, पहुँचवाला तथा आरक्षणको दुरूपयोगले दक्ष चिकित्सकलाई पलायन हुन बाध्य पारेको अवस्था एकातिर छ भने अर्कोतिर स्वदेशमा चर्को शुल्क तिर्नुपरेका कारण विदेशमा गएर चिकित्सा विषय पढ्ने विद्यार्थी दिनप्रतिदिन बढिरहेका छन् । यसले पुँजीपलायन बढेको छ ।
जिल्ला अस्पताल भनेको नेपालको स्वास्थ्य प्रणालीका बलिया खम्बा’हरु हुन्, सम्पूर्ण नेपाली नागरिकलाई राम्रो स्वास्थ्य सेवा दिन सकिन्छ। शहर बजारमा त प्राइभेट अस्पतालहरु मनग्गे छन् । तर गाँउमा अझै पनि जनताका लागि जिल्ला अस्पताल आइपुग्नु भनेको राजधानी काठमाडौं पुग्नु जत्तिकै ठुलो कुरा हुन्छ । बाटो र साधनको अभावमा घण्टौं लाएर बोकेर, केही हजार जम्मा गरी जिल्ला अस्पतालसम्म ठुलो आश लिएर आइपुग्छन् । त्यहाँ पनि उनीहरुलाई साधनश्रोत र जनशक्तिको अभावमा चाहिने जस्तो सेवा दिन नसकेर केहि डाक्टरले कमीशन लागी बाहिर रिफर गर्नुपर्दा पीड़ित सबैको मन त दुख्छ नै, उनीहरु माथि पनि ठुलो आर्थिक बोझ थपिन्छ । त्यसैले स्वास्थ्य सेवालाई सुद्रिढ बनाउन मन छ भने यसका ‘खम्बाहरुलाई बलियो बनाउनुहोस् । साथै सरकारले आवश्यक नियमन गर्न नसक्नु र दोषीलाई हदैसम्मको सजाय दिन नसक्नु तथा निजीले नाफालाई मात्रै उद्देश्य बनाउनाले नक्कली डाक्टरको बिगबिगी बढेको हो । यस्तो अवस्थाले नक्कली डाक्टर त बढ्छन् नै, दक्ष डाक्टरलाई पलायन हुन पनि बाध्य पारेको छ ।
सरकारले स्वास्थ्यक्षेत्रमा आफ्नो निगरानी कडा पारोस् । नेपालमा कानूनी राज्य व्यवस्था कडा नभएको कारणले पनि स्वास्थ्य प्रणालीमा अनेक विकृति देखिएका छन् । तर चिकित्सकले बिरामीलाई सभ्य अनुशासनको भाषामा बुझाउन नसक्नुको कारणले पनि घटना भएका छन् । एउटा आर्थिक अबस्था कमजोर भएको मानिसले जायजेथा सबै बेचेर उपचार गर्दा पनि बिरामी ठीक नभएको अवस्था छ । डाक्टर कमिशनको चक्करमा अन्य स्थल रिफर गर्ने अनि पीड़ितका आरोप पनि अस्पतालहरूलाई बिरामी लुट्न बसेका, मान्छे मार्न बसेका भन्ने धारणा व्यापक रूपमा विकास भइरहेको छ । यसले निम्त्याउने दीर्घकालीन असर के हो ? सोझा सीधा जनताले आफ्नो जग्गाजमीन बेचेर ल्याएको पैसा या जिन्दगीभरि कमाएको कमाइ सामान्य उपचारमा खर्च हुँदा मानिसमा आक्रोश बढ्नु स्वाभाविक हो ।
हाम्रो जस्तो देश जहाँ चित्र वाग्लेजस्ता डाक्टरहरू उपचार खर्च अभावकै कारण मर्न बाध्य छन्, तर नेताका परिवार सामान्य ज्वरो आउँदा बिदेशी अस्पताल पुरयाइन्छ । हुन त, कतिपय नेताहरू उपचारको बहानामा राजनीतिक भेटघाटका लागि पनि विदेशी भूमि पुग्ने गरेका छन् ।
जनताका मुख्य मुद्दा निःशुल्क तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य हुन् । प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यमा समान पहुँच हुनुपर्छ ।
समाजवादउन्मुख देशमा कसैले गरिब भएकै कारण उपचार नपाएर मर्नुहुँदैन । शिक्षाबाट वञ्चित हुनुहुँदैन । नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यले अनिवार्य स्वास्थ्य बिमा गराउन सक्छ । एउटा आयभन्दा तलका लागि राज्यले नै बिमा गरिदिने र अरूका लागि करमा केही वृद्धि गरेर नागरिकलाई नै गराउन सके कोही पनि मानिसले निको हुने रोगको कारणले मर्नुपर्ने थिएन । यसका लागि हरेक सचेत जनताले खबरदारीको मात्रा बढाउनु जरुरी छ । नेपाली नागरिक केन्द्रित सुसंस्कृत राजनीति अबको आवश्यकता हो । देशले समृद्धिको खाकासहित नयाँ नेपाल बनाउन सक्छ ।
(यो लेखकको नीजि बिचार हो । स. )












सुनको भाउमा आज पनि वृद्धि, किन लगातार बढिरहेको छ ?
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया