चाबहिलबाट ४ जना चिकित्सक पक्राउ
काठमाडौँ । प्रहरीले चाबहिलबाट ४ चिकित्सकलाई पक्राउ गरेको छ । मेडिकल काउन्सिलको उजुरीमा प्रहरीले चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
काउन्सिलको स्वीकृती नै नलिई अभ्यास गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चाबहिलबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्चालक तथा चिकित्सक ४० वर्षीय डा रावेद रन्जनकुमार ठाकुर, ३१ वर्षीय डा सौरभ कुमार र कर्मचारी २७ वर्षीय सन्जु साह रहेको सिआइबीका डिआइजी धीरजप्रताप सिंहले पुष्टि गरेका छन् ।
उनले अहिले साँझ पक्राउ परेकाले विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए । यसअघि प्रहरीले नक्कली प्रमाणपत्र पेश गरी अस्पतालमा कार्यरत चिकित्सकलाई पक्राउ गरेको थियो । डिआइजी सिंहले उनीहरूको छानबिनपछि विस्तृत विवरण सार्वजनिक गर्ने बताए ।
















नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया