पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग

गण्डकी । समाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा–११ काहुँको कालिका माविमा व्यापार, सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो) शीर्षकमा समाचार लेखेका थिए ।
उक्त विषयलाई लिएर सो विद्यायलका प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने कृष्ण श्रेष्ठले लगातार फोन, म्यासेन्जर, एसएमएसमार्पmत धाकधम्की दिएको विज्ञप्तिमा उल्लेख छ । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमार्फत कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै धाकधम्कीमा उत्रिनु असह्य हर्कत भएको उल्लेख गर्दै सङ्घसंस्थाबाट प्रकाशित विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि आघात पु¥याउने यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी कारवाही गर्न जोडदार माग गरिएको छ ।
उक्त घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश, नेपाल पत्रकार महासङ्घ कास्की शाखा, अनलाइन पत्रकार सङ्घ गण्डकी, प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सङ्गठन, फोनिज कास्कीलगायतका सञ्चारसँग आबद्ध सङ्घसंस्थाले विज्ञप्तिमार्पmत माग गरेका हुन् ।
पत्रकार महासङ्घ कास्की शाखाले घटनाका दोषीलाई कानूनी कारवाहीमा ल्याउन पहल नगरेको भन्दै प्रेस चौतारी नेपाल कास्की शाखाले महासङ्घको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकारको पेशागत छाता सङ्गठनले दोषीमाथि तत्काल कारवाही गरी पीडितलाई न्याय दिन माग राखी महासङ्घको कार्यालयमा ताला लगाएको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए। रासस
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया