दोषीलाई कारबाही गर्न माग गर्दै भारतीय दूतावासमा प्रदर्शन
मेरोन्यूज
२०७८ साउन १८ गते १२:१५
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्ने भएका छन् । तुइन चढेर महाकाली नदी पार गर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन हटाउँदा नेपाली युवा बेपत्ता भएको भन्दै संगठनले दूतावास घेराउ गर्ने भएको हो ।
गत शुक्रबार भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रममा दार्चुलाका जयसिंह धामी महामाली नदीमा बेपत्ता भएका हुन् । उनी तुइन चढेर नदी पार गरिरहँदा एसएसबीले तुइन हटाइदिएका थिए ।
सोही घटनालाई लिएर अखिल क्रान्तिकारीले सोमबार दिउँसो भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने भएको हो । संगठनले घटनाको वास्तविक पत्ता लगाई लगाई छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
सम्बन्धित
















अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
प्रतिक्रिया