विश्व चर्चित पपगायक क्रिस वु बलात्कारको अभियोगमा पक्राउ

एजेन्सी। विश्वचर्चित पपगायक क्रिस वु पक्राउ परेका छन् । चिनियाँ प्रहरीले बलात्कारको अभियोगमा उनलाई पक्राउ गरेको हो।
पपगायकलाई पक्राउ गरिएको घटनाले चीनमा तरंग सिर्जना गरेको छ । गायक वुलाई लगाइएको आरोपबारे प्रहरीले विस्तृत नखुलाएपनि युनिभर्सिटीकी एक १८ वर्षिया विद्यार्थीले आफूलाई अवसरको लोभ देखाएर यौन सम्बन्ध बनाएको आरोप लगाएपछि पक्राउ गरिएको जनाएको छ ।
यौन दुव्र्यहारविरुद्ध सुरु भएको मीटु अभियान सुरु भएपछि पक्राउ पर्ने ३० वर्षिय गायक वु अहिलेसम्मकै ठूला अनुहार हुन् । कोरियाली पप ब्यान्ड एक्सओबाट गायन करियर थालेका उनी पछिल्लो समय सोलो मोडेल र गायकको रुपमा प्रख्यात छन् ।
तर, उनले आफूविरुद्ध लगाइएका अभियोगलाई खण्डन गरेका छन् । शनिबार राती सामाजिक संजालमा पोस्ट गरिएको एक सूचनामा चायोयाङ डिस्ट्रिक्स प्रहरीले गायक वुविरुद्ध लगाइएका आरोपबारे अनुसन्धान भैरहेको जनाएको छ ।
आरोप लगाउने युवती डु मेइजुले गत डिसेम्बरमा आफूलाई गायक वुका एजेन्टले काम छ भन्दै बोलाएको र यौन शोषण गरेको आरोप लगाएकी छिन् । चिनियाँ मूलका यी क्यानडेली गायकलाई मीटु अभियानकर्ताले अभियोग लगाउँदै आएका थिए ।










प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
मन्त्रिपरिषद् बैठक जारी
एनपिएल : कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य
हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
प्रतिक्रिया