महाकाली घटनाबारे भारतीय एसएसबीलाई सोधपुछ हुन्छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा भएको घटनाबारे छानबिन गर्न दुई वटा छानबिन समिति गठन भएको जानकारी दिएका छन् । आज बसेको प्रतिनिधिसभामा बोल्दै उनले गत शुक्रबार दार्चुलका जयसिंह धामी तुइन चढेर महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएको भन्ने घटनाको अनुसन्धान गर्न दुई छानबिन समिति गठन भएको बताएका हुन् ।
तुइन काटिएपछि महाकाली नदी तर्दै गरेका धामी नदीमा बेपत्ता भएका थिए । सोही घटनाको छानबिन गर्न ३ सदस्यीय छानबिन समिति गठन भइसकेको मन्त्री खाँणले जानकारी दिए । उनका अनुसार उक्त छानबिन समितिले गहन अध्ययन गरी प्रतिवेदन पेश गर्ने छ ।
यस्तै, सोही घटनाबारे अनुसन्धान गर्न ५ सदस्यीय छानबिन समिति गठन भएको मन्त्री खाँणले जानकारी दिए । उक्त समितिले १० दिनभित्र स्थलगत अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने मन्त्री उनले बताए ।
उनले घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी परिसकेको जानकारी दिए । उनले एसएसबीलाई समेत घटनाबारे सोधपुछ गर्न पत्राचार गरिसकेको जानकारी दिए ।
मन्त्री खाँणले देशका झोलुङ्गे पुलहरूलाई छिटो छिटोभन्दा विस्तापन गर्ने बताए ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया