माहाकाली नदी घटनाबारे संसदीय समिति गठन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेका सांसद्ले दार्चुलाको माहाकाली नदीमा भएको घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाको छानविन गर्न संसदीय छानविन समिति गठनको माग गरेका छन् ।
साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका बताइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शुरुमै एमाले सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिउका थिए ।
उनले दार्चुला घटनाबारे अविलम्ब भारतसँग औपचारिक छलफल गरी दोषी भारतीय सुरक्षाकर्मी (एसएसबी)लाई मानव हत्या गरेको अभियोगमा कारबाही गर्न माग गरे ।
उनले भने, ‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग विरोध जनाउनु पर्छ । दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही गर्न माग गर्दछु । युद्धमा पनि जीउज्यान जोगाउनु मानवीय धर्म हुन्छ । तर, जयसिंह धामीको हत्या भएको छ । सीमामा यसरी नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाउनुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसिरहेको छ ।’
एमालेले भारतीय राजदूतसँग सोध्नुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसेको भन्दै विरोध जनाएको छ ।
एमालेले घटनाबारे भारतसमक्ष औपचारिक विरोध दर्ता गर्नुपर्ने, घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।
सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लागाए ।

















Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
4 die, 5 injured in firing incidents in Karachi
प्रतिक्रिया