क्रियाशील सदस्यता विवादबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार दिउँसो साढे २ बजे शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल विषयमा बैठक बसेको पार्टी मुख्य सचिव कृष्ण पौडेलले बताए ।
उक्त बैठकमा बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने भएका छन् ।
रमेश लेखकको संयोजकमा गठन भएको क्रियाशील सदस्यता छानविन समितिले सहमति गर्न नसकेको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले तीन जना शीर्ष नेतालाई जिम्मा दिएको थियो । क्रियाशील विवाद मिलाउँन शिर्ष नेताहरुले लिएको पाँच दिनको समय आज सकिएको छ ।
क्रियाशील सदस्यता छानविन समितिले गत १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बारा, सप्तरी, धनुषा ४, सर्लाही २, रसुवा सिन्धुपाल्चोकलगायत केही जिल्लामा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यता विवाद समितिले सुल्झाउन सकेको थिएन ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया