बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पुर्याउन पहल

काठमाडौं । सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पु¥याउन पहल थालेको छ ।
पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पु¥याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो ।
गत असारको क्षति मर्मत गरेको भए पनि यही साउन १६ गतेको बाढीले पुनः अर्को ठाउँमा दुई वटा टावर बगाएको थियो । मेलम्चीका जनता अँध्यारोमा बस्नुपरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिएकी छन् ।
उनले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीराम राज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई आज मन्त्रालयमा बोलाएकी थिइन् ।
मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार मेलम्ची खोलाको करिडोरमा बाटो र पुल बगाएको छ । उनका अनुसार पहिलो बाढीमा ४१४ वटा पोल बगाएको थियो र शनिबारको बाढीले झण्डै ४०र५० वटा पोल बगाएको छ । हाल मेलम्ची नगर र इन्द्रावती गापमा विद्युत् आपूर्ति गरिएको भए पनि पाँचपोखरी र हेलम्बुमा विजुली पु¥याउन सकिएको छैन ।
उनीहरूले साँखु–जरसिंहपौवा–मेलम्चीको ११ केभी, बनेपा सिपाघाट इन्द्रावती हुँदै मेलम्ची र नुवाकोटको समुन्द्रटार मेलम्ची जोड्ने उपाय सुझाएका थिए । त्यसमा समुन्द्रटारबाट लैजानका केही समस्या देएिको बताएका थिए ।
उनले केही दिनमा वैकल्पिक बाटो प्रयोग गरेर विद्युत् जोड्न सकिने भए पनि क्यूलमा भने पोल पु¥याउन समस्या हुने मन्त्रीलाई जानकारी गराएका थिए । त्यसपछि मन्त्री भुसालले ऊर्जा सचिव देवेन्द्र कार्कीमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सोलार जोड्न निर्देशन दिएकी थिइन् ।
















बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया