नेता नेपाल पक्षले बोलाएको बैठकप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकप्रति आपत्ति जनाएको छ । केन्दीय पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा बिहीबार बस्न लागेको नेपाल पक्षको बैठकले ध्यानाकर्षण भएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण १ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछु ।’
एमाले नेपाल पक्षले बुधबारको लागि बोलाएको बैठक स्थगित गरेर बिहीबारको लागि बोलाएको छ । तर एमालेले त्यसप्रति आपति जनाएको छ । पार्टी विवाद मिलेको र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गर्ने तय भएको भनिएको बेला एक पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने अर्को पक्षले प्रतिवाद गरेको छ ।

















यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया