प्रज्ञा प्रतिष्ठानद्वारा ‘दर्शनशास्त्र प्रवर्दन कोष’ स्थापना
मेरोन्यूज
२०७८ साउन २१ गते ७:०६

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्दन कोष’ स्थापना गरेको छ । दर्शनशास्त्रको अध्ययन/अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले कोष स्थापना भएको हो ।
हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्रा. डा. वीरेन्द्रप्रसाद मिश्रले पुरस्कारबापत प्राप्त गरेको दुई लाख रुपैयाँ दर्शनशास्त्र विषयको अध्ययन/अनुसन्धानलाई थप प्रभावकारी तुल्याउन सहयोग पुर्याउने उद्देश्यले हस्तान्तरण गरेका थिए ।
प्रतिष्ठानका सदस्य सचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगतप्रसाद उपाध्यायले डा. मिश्रले दिएको उक्त रकमलाई बीज पूँजीका रूपमा जम्मा गरी तीन लाख थप गरेर पाँच लाख रुपैयाँको ‘दर्शनशास्त्र प्रवर्दन कोष’ स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए ।
सम्बन्धित
















अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया