भत्ता लिन गएका युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

काठमाडौँ । जाजरकोटको जुनिचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली प्रहरी पक्राउ परेका छन् । गत १५ गते स्थानीय २२ वर्षीय सर्पे नेपालीलाई डोरीले बाँधेर निर्मम तरिकाले कुटपिट गरेका अध्यक्ष नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले उनीविरुद्ध जाहेरी दर्ता गर्ने जानकारी दिए । उनले भने, ‘उनीविरुद्ध जाहेरी नपरे पनि कानुनी कारबाही हुन्छ ।’
वडाध्यक्ष नेपालीलाइ प्रहरीले सामाजिक सुरक्षा भत्ता लिन गएका सर्पे नेपालीलाई बन्धक बनाई सार्वजनिक रुपमा कुटपिट गरेका थिए । उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
वडाध्यक्ष नेपालीलाई आज सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सर्पेलाई कुटपिट गरी बन्धक बनाएपछि प्रहरी आएर मुक्त गरेको थियो ।
नेपालीले योभन्दा अघि जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वार बस्नेतलाई समेत कुटपिट गरेका थिए । यस्तै, स्थानीय युवाहरूसँग विवाद गर्दा उनी आफैँ घाइते भएका थिए ।
















श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया