माधव नेपाल पक्षको स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन २१ गते ११:४२

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न दुवै कमिटीको बैठक बस्ने भएको हो ।
स्थायी कमिटी बैठकपछि आजै केन्द्रीय कमिटी बैठक बस्ने नेता नेपाल पक्षका एक नेताले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ गते नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।
नयाँ सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेका नेपाल पक्ष देउवा नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने निर्णयमा पुगेको छैन । यसबारे पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।
नेता नेपाल पक्षको बैठकलाई पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्ता सहभागी नहुने आग्रह गरेका छन् ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया