माधव नेपाल पक्षको स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन २१ गते ११:४२

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न दुवै कमिटीको बैठक बस्ने भएको हो ।
स्थायी कमिटी बैठकपछि आजै केन्द्रीय कमिटी बैठक बस्ने नेता नेपाल पक्षका एक नेताले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ गते नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।
नयाँ सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेका नेपाल पक्ष देउवा नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने निर्णयमा पुगेको छैन । यसबारे पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।
नेता नेपाल पक्षको बैठकलाई पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्ता सहभागी नहुने आग्रह गरेका छन् ।
सम्बन्धित















सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया