लुम्बिनी प्रदेशकी सांसद बिमला वलीले खोलिन मुख
मुख्यमन्त्री निवासमा मलाई यसरी बन्धक बनाइयो (पत्रसहित)

वुटवल । लुम्बिनी प्रदेशकी सांसद बिमला वलीले आफु नेकपा (माओवादी केन्द्र) मै रहेको फेरि दोहोराएकी छिन् । उनी आज नेकपा माओवादी केन्द्रका नेताहरुसँगै पत्रकार सम्मेलनमा सार्वजनिक भई आफुलाई एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भुमिश्वर ढकाल र स्थानिय नेता मानवहादुर राउतले आफ्नै निवास तुलसीपुरमा आएर एमालेमा लाग्न दवाव दिएको र भूमिश्वरले नेपालगन्ज जान लागेको र पुराईदिने भन्दै लगेर मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको वताएकी छिन् ।
साउन १५ गते ११ वजे आफु नेपालगञ्ज जान लागेको समयमा सचेतक ढकाल सहित आएर आफु पनि नेपालगञ्ज जान लागेको र पुराईदिने भन्दै नेपालगन्जतिर जानुपर्ने गाडी एकैपटक वुटवल तिर लगेको र आफुले प्रतिवाद गर्दा गदै पनि मुख्यमन्त्रीसाग एकपटक भेटनुस भन्दै जर्वजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा लगिएको वताएकी छिन् ।
त्यसपछि निवासमा पुराएपछि मुख्यमन्त्री शंकर पोखरेलले पनि एमालेम आउन भन्दै दवाव दिएको र मन्त्री बनाईदिने सम्मको प्रलोभन समेत देखाएको वताएकी छिन् ।
उनले त्यसमा आफुले इन्कार गरिरहेको तर साउन १६,१७,१८ गते सम्म मुख्यमन्त्रकिो निवासवाट वाहिर समेत निस्कन नदिई निरन्तर दवाव दिईरहेको उल्लेख गरेकी छिन् ।
पत्रकार सम्मेलनमा उनले पढेर सुनाएको वक्तब्यमा भनिएको छ,–‘ साउन १८ गते विज्ञेप्ती लेखेर मलाई पढ्नै नदिई जर्वजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्काे दुई तिन ओटा माइनट जस्ता रजिष्टरमा पनि जर्वजस्ती हस्ताक्षर गराइयो । यति घटना गराईसकेपछि अव मलाई घर जान दिन्छन र वाहिर गएर यो जर्वरजस्ती खण्डन गछु भनेर सोचेको थिए, तर अझ कडाईका साथ साउन १९ गते देखि मुख्यमनत्री निवास भित्रै राखियो । २० गते विहान मलाई असह्य मानसिक पीडा भयो, यहावाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर समय र परिस्थिती हेरी निस्कने तयारी गरे ।’
यो पनि: सांसद विमलालाई मन्त्रीको गाडीमा नेपालगञ्ज भनेर बुटवल पुर्याएपछि…
सांसद वलीले त्यसपछि साउन २० गते दिनको पौने १२ वजे सवै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओवादीको संसदीय दलको कार्यालयमा पुगे, त्यसपछि खुल्ला महसुस गरेको वताइन् ।
उनले एमालेले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर आफुले नसोचेको तर ब्यवहार ठिक उल्टो पाइएको पनि वताइन् ।
हेर्नुहोस बिमला वलीको पत्र


















राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
PM Karki’s first address to NA, assures impartial election on scheduled date
अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयनः चार लाख १५ हजार खाता बन्द
‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया