जसपा अध्यक्ष यादवद्वारा पार्टी एकतामा आउन ठाकुर पक्षलाई आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई पार्टी एकतामा आउन अपिल गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यादवले उनले ठाकुर पक्षलाई जसपामा नै फर्कन अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘देशमा समाजवादी लोकतान्त्रीक विचार बोकेको वैकल्पिक राजनीति शक्ति निर्माण कार्यलाई मुक्तरुप दिन अहिले पनि गम्भीर रुपले लाग्नु जरुरी छ । यो यथार्थतालाई आत्मसाथ गर्दै विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बनधी निर्णय गर्नुभन्दा पूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नु भएका वा अन्यन्त्र अलमलमा पुर्न भएका पार्टीका सम्पुर्ण सार्थीहरुलाई कतै अलमलमा नपरी बीना हिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमा नै पुनः फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निमार्णको महान अभियानमा साथ साथै अगाडि बढ्नु हुन हार्दिक अपिल गरिन्छ ।’
यादवले जसपाका नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा रहेन आग्रह गरेका छन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई दिएपछि ठाकुर पक्ष नयाँ पार्टी खोल्ने तयारीमा लागेको छ ।

















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया