एमाले विवाद जस्ताको तस्तै
नेपाल पक्षको बैठकमा भीम रावलमाथी किन खनिए यी नेता ?
माधव नेपाल भन्छन् - सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुन्छ

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समुहको केन्द्रीय समिति बैठक बिहिबारबाट काठमाडौंमा शुरु भएको छ । पार्टीको सस्थापन पक्षले बैठक अवैधानिक भनिरहँदा नेपाल पक्षको केन्द्रीय कमिटिको बैठक भने वुद्दनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।
७३ जना नेता सहभागी वैठकमा नेपाल समुहका प्रभावशाली मानिएका नेताहरु सुरेन्द्र पाण्डे र योगेश भटटराई भने सहभागी भएका थिएनन । भटटराईले आमा कोभिड भएकोले कन्ट्याक टेसिडमा रहेको जानकारी गराएका थिए । त्यस्तै सुरेन्द्र पाण्डेले भने आफनो डाइभर विरामी भएको र कोभिड परिक्षण गरेको र रिपोर्ट नआएकोले वैठकमा आउन नसकेको बताएका थिए ।
नेपाल समुहभित्रै ओली पक्षसँगको कार्यदलमा रहेका नेताहरुले लचिलो बनेर ओलीकै भनाई बोल्न थालेको र माधव नेपालमाथी धोका दिएको आरोप लागिरहेका बेला कार्यदलमा रहेका अन्य नेताहरु भने नेपाल समुहको बैठकमा सहभागी भएका थिए ।
वैठकको शुरुमा माधव नेपालले समसामायिक राजनीतिका बारेमा चर्चा गदै केपी ओली राजनीतिक मान्छे नभएको र उनी सुध्रिनै नसक्ने भनाई राखेका थिए । सम्मानजनक एकता हुने वातावरण नभए आफनो समुहमाथी घात हुने र त्यसले समुहलाई नै ध्वंसको बाटोमा लैजाने भएकाले सम्मानजनक एकता पार्टीभित्र हुनुपर्ने पक्षमा रहेको धारणा राखेका थिए । पार्टीभित्र जहिले पनि आफु सम्मानजनक एकताको पक्षमा रहेको र आफनो समुहमा रहेका नेता-कार्यकर्ताको सुरक्षा र जिम्मेवारीका विषयमा पनि गम्भिर भएर सोचिरहेको नेपालले बताएका थिए ।
ओलीले पटक-पटक संसद विघटन गरेर असम्वैधानिक काम गरेपनि संसदलाई जोगाएर आफुहरुले संविधानको रक्षा गरेको नेपालको भनाई थियो । एजेण्डामा आफुहरुको जित भएको र ओलीको हार भएको नेपालले बताएका थिए । सम्मानजनक एकता विना ओलीसँग मिल्न नसकिने नेपालको प्रष्ट धारणा थियो ।
‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियत बिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन’, नेपालको भनाई उदधृत गदै केन्द्रीय सदस्य यज्ञराज सुनुवारले मेरोन्यूजसग भने, ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ । त्यसकारण सोच विचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु । पार्टी मैले बनाएको हुँ । एजेण्डामा हामीले जितेका छौं । केपी ओलीको ज्यादतीपूर्ण, निरंकुश कदमले अहिलेको अवस्था आएको हो । एकताको लागि तयार छौं तर सम्मानजनक एकता हुनुपर्छ ।’
नेपालले ओलीले गम्भिर एकताको कुरा अगाडी वढदै जादा पूरानै शैली अपनाएर एकताप्रति सम्वेदनशील नरहेको धारणा राखेका थिए । त्यसपछि भीम रावलले कार्यदलले गरेको अहिलेसम्मका प्रगति र १० वुँदे सम्झौता सम्मको अवस्था कसरी निर्माण भएको थियो भन्ने बारेमा धारणा राखेका थिए ।
रावलले विहिबारको वैठकमा भने ओलीका अभिव्यक्तिले पार्टी एकता खल्बल्याएको बताएका थिए । केपी ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बल्याएको छ । तर पनि हामीले एकताको प्रयास जारी राख्नुपर्छ, रावलले बैठकमा भनेका थिए ।
सोमबार मात्रै ओलीले नेपाल समुहलाइ दिने भनिएको दोस्रो अध्यक्षको पदवाट पनि पछि हटेर अव अध्यक्ष दिने कुराको च्याप्टर क्लोज भएको बताएका थिए । आफु निकटका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाडलाई ओलीले अव च्याप्टर क्लोज भएको बताएका थिए ।
त्यसपछि फेरि नेपालप्रति ओलीले कडा टिप्पणी गदै आएका थिए । कहिले ओलीको बोली नरम त कहिले गरम हुन थालेपछि माधव नेपालले ओलीले साच्चै पार्टी एकताप्रति सम्वेदनशील भएर लागेको भन्ने कुरामा विश्वास गर्न सकिरहेका छैनन ।
त्यसपछि नै हो रावलले पनि ओलीको पछिल्लो अभिब्यक्तिले एकता खल्वलाएको विहिवारको नेपाल पक्षको केन्द्रीय कमिटिको बैठकमा बोलेका थिए । तर पनि उनले एकताको प्रयास जारी राख्नुपर्ने धारणा नै वैठकमा सुनाएका थिए । त्यसपछि भने भीम रावलमाथी नेपाल समुहका केन्द्रीय सदस्यहरु खनिएका थिए । रावल नेपाल समुहवाट कार्यदलका संयोजक थिए । तर रावलले ओलीसँग गत असार २० गते भेट गरेपछि एकाएक लत्रिएर माधव नेपाललाई नै धोका दिएको आरोप लागिरहेको थियो । उनीमाथी विहिवार केन्द्रीय कमिटि बैठकमा पनि केन्द्रीय सदस्यहरुले त्यस्तै आरोप लगाएका थिए ।
त्यसपछि नेताहरुका वीचमा केही वेर तनाव नै हुने गरी आरोप-प्रत्यारोप चलेको थियो । खासगरी रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, चुँडामणी जंगली लगायतका नेपाल पक्षका केन्द्रीय सदस्यले रावलमाथी आफ्नै समुहलाई धोका दिएको र ओलीको बोलीमा लोली मिलाउन थालेको भन्दै आलोचना गरेका थिए ।
एक केन्द्रीय सदस्यका अनुसार, कार्यदलमा रहेका नेताहरूले अध्यक्ष ओलीकहाँ पुगेर ओलीलाई खुसी पार्ने र माधव नेपाललाई धोका दिएर ओलीको बोली बोल्न थालेको भन्दै रावलमाथी आक्रोश पोखेका थिए । एकता मात्रै भनेर हुँदैन, ओलीको टाडमुनि छिर्न सकिदैन, कसैलाई जान मन भए गएहुनछ, तर माधव नेपालको नाम लिएर माधव नेपाल लगायतका आफुहरुलाई धोका नदिन ति नेताहरुले रावलसग आग्रह गरेका थिए ।
नेताहरुलाई तीन मिनेटमा आफनो धारणा राख्न दिईएको बैठकमा विहिवार डा विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले सुझाव राखेका थिए । नेता चुडामणि जंगलीले भने ओलीसँग मिल्नै नसक्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए । उनले जंगलीको भनाई उदधृत गदै भने,-‘म केपी ओलीसँग मिल्दैन । केपी ओली राजनीतिक मान्छे नै होइन । उसँग मिल्ने हो भने म हलो जोतेर खान्छु । ओलीको टाङमुनी को-को छिर्ने हो छिरे हुन्छ ।’
नेपाल समुहको बैठकमा भोलि पनि केन्द्रीय सदस्यहरुले सुझाव राख्ने क्रम जारी रहनेछ । केही केन्द्रीय सदस्यले भने उपस्थित हुन नसकेपनि लिखितमा सुझाव पठाएको नेपालको सचिवालयले जनाएको छ ।
बैठक शुत्र,वार पनि विहान ११ वजे सोही स्थानमा बोलाईएको छ । नेताहरुले सुझाव राखिसकेपछि नेपाल समुह कसरी जाने भन्नेमा थप प्रष्ट भएर आउने नेताहरुको भनाइृ छ ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया