प्रधानमन्त्रीसँग राष्ट्रसंघका आवासीय संयोजकको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक सारा बेसोलो न्यान्तीले आज अपाराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध तथा सहयोगबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा राष्ट्रसङ्घले व्यक्त गरेको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
यसैबीच, यहीस्थित राष्ट्रसङ्घीय कार्यालयले प्रधानमन्त्रीसँगको भेटमा मानवाधिकारसम्बन्धी सर्वदेशीय आवधिक समीक्षाका क्रममा भएका सिफारिशको कार्यान्वयन, राष्ट्रसङ्घको सुदृढीकरण, नेपाल र राष्ट्रसङ्घबीचको साझेदारी, नेपालको अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने लक्ष्य र दिगो विकास लक्ष्य प्राप्ति, कोभिड–१९ विरुद्धको सुदृढ प्रतिकार्यलगायत विषयमा अत्युत्तम छलफल भएको जनाएको छ ।
आजै प्रधानमन्त्रीसँग यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीका कार्यबाहक राजदूत स्टेफान रुस्सेकले पनि शिष्टाचार भेट गरे । भेटका बखत उहाँहरूबीच नेपाल–जर्मनी सम्बन्धका साथै द्विपक्षीय व्यापार, लगानी र सांस्कृतिक सम्बन्ध प्रवद्र्धनबारे विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री देउवाले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा जर्मनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया