बन्धक बनाएको आरोप लागेका मुख्यमन्त्रीले भने : इतिहासले अवश्य उत्तर खोज्ने छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद विमला खत्री वलीलाई आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप खेपेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी दललाई प्रश्न गरेका छन् । उनले लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभाका सदस्य कसका कारणले ८० सदस्यमा झर्यो ? भनेर प्रश्न गरेका हुन् ।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै उनले दुई जना माननीयलाई फकाएर राजीनामा गराएको र ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्काशन गरेको घटनामा इतिहासले उत्तर दिने तर्क राखेका छन् ।
‘दुई जना माननियलाई फकारएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एक जना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ,’ उनले भने, ‘८७ सदस्यीय प्रदेशसभा कस्का कारणले ८० सदस्यीयमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’
लुम्बिनी प्रदेशसभा सदस्य वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएर राखिएको बताएकी थिइन । उनले आफू शौचालयको चप्पल लगाएर भागेको बताउँदै मुख्यमन्त्री पोखरेलमाथि गम्भीर आरोप लगाएकी थिइन ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया