कोभिसिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई अस्ट्राजेनेका लगाउने तयारी

काठमाडौं । सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउने भएको छ । परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाले जापान र भुटानले उपलब्ध गराएकोे खोप एस्ट्राजेनका लगाउने तयारी गरेको छ ।
शाखा प्रमुख डा।झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए ।
उनले भने,‘आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाउने कार्यक्रम चलिरहेको छ,यो अभियान सकिने बित्तिकै हामी कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गर्छौ ।’
अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप गत चैतमा १३ लाख ३८ हजार जेष्ठ नागरिकलाई लगाइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारत खरीदको खोप उपलब्ध नगराएकाले उनीहरुलाई अस्ट्राजेनेका खोप लगाउने निणर्य गरेको थियो। भुटानले दिएको ३ लाख डोज अस्ट्राजेनेका खोप आजै विहान नेपाल आइसकेको छ।
















मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया