नेता नेपालले भने- ओलीले जति गाली गरे पनि आफू पार्टी एकताको पक्षमा छु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । शुक्रबार आफू पक्षको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकतामा जोड दिएका हुन् ।
उनले भने, ‘केपी शर्मा ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ । नेताहरुले केपी ओलीले हामीले अलमल्याउन खोजेको त होइन भन्ने आशंका व्यक्त गरेका छन् । म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु । हामीले जति आलोचना गर्दा पनि संयमित र जिम्मेवार हुन छोड्नु हुन्न । एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ ।’
नेता नेपालले पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने बताए । उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न आफू पक्षका नेताहरुलाई आग्रह गरेका छन् ।
















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया