भूमि सम्वन्धी आयोगले आफ्ना कामबारे जानकारी गराउन आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । विघटित भूमि सम्वन्धी समस्या समाधान आयोगले हालसम्म गरेका काम कारवाहीबारे जानकारी गराउने उद्देश्यले आज पत्रकार सम्मलेन गर्दै छ ।
दिउँसो ३ बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा पत्रकार सम्मेलन गरेर काम कारवाहीबारे जानकारी गराउने विघटित आयोगका पदाधिकारीले जनाएका छन् ।
सरकारले आयोग विघटन गरेपछि अहिलेसम्म भए गरेका काम कारवाही अन्यौलमा परेका बेला पत्रकार सम्मलेन गरेर विषयवस्तुको जानकारी गराउन लागेको विघटित आयोगका प्रवक्ता भीमबहादुर कार्कीले जानकारी दिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले यही साउन १९ गते उक्त आयोग विघटन गर्ने निर्णय गरेको थियो । आयोग विघटन भएसँगै भूमिहीन सुकुम्वासीको समस्या के हुन्छ भन्ने अन्योल छाएको छ ।
आयोगले आगामी असोजसम्म ५० हजार सुकुम्वासीलाई जग्गाधनी पुर्जा दिने गरी काम गरिरहेको दाबी गरेको छ । आयोग खारेज भएसँगै अहिलेसम्म भएका कामको सरकारले स्वामित्व लिने कि नलिने, अहिलेसम्मको लगानी के हुने भन्ने प्रश्न पनि उठेको छ ।
सरकारका प्रवक्ता समेत रहेका कानून न्याय तथा संसदी मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आयोग खारेज हुँदैमा सुकुम्वासीका समस्या समाधान हुँदैन कि भन्ने शंका गर्न नपर्ने बताउँछन् ।
कानून सम्मत नभएको र राजनीतिक दलका कार्यकर्ता भर्ति केन्द्र भएकाले आयोग खारेज गरेको सरकारको भनाई छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल चैतमा एमाले नेता देवीप्रसाद ज्ञवालीको नेतृत्वमा ३ वर्षभित्र काम सक्ने गरी आयोग गठन गरेको थियो ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया