उर्जामन्त्री बोकेर किन पुगे प्रचण्ड हिमाल पारीको जिल्ला मनाङ ? (तस्विरसहित)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार सत्ता गठवन्धन दलको शीर्ष नेताको एकचरणको छलफल सकेर हिमाल पारिको जिल्ला मनाङ पुगेका छन् । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाल, स्थायी कमिटिका सदस्य देव गुरुङ, सांसद योशोदा सुवेदी गुरुङ लगायतको टोली सहित नेपाल आर्मीको हेलिकप्टर एन ए ०५३ मार्फत मनाङ पुगेका थिए ।

त्यहाँ प्रचण्ड , उर्जामन्त्री भुसाल लगायतको टोलीले गत असार १ गते बाढीले क्षतविक्षत बनाएको क्षेत्रको अवलोकन भ्रमण गदै त्यस क्षेत्रका वाढी प्रभावितको लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।
प्रचण्ड लगायतको टोलीले मनाङको डिस्याङ गाउँपालिका १, पिस्याङ, चामे गाउँपालिका ४, नासो गाउपालिका वडा नम्वर ८ र ९ लगायतको क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । त्यस क्षेत्रमा वाढीले क्षतविक्षत बनाएपछि विद्युत सेवा अवरुद्ध भएको थियो । त्यस्तै टेलिफोन सेवा पनि त्यहा अहिले पनि अवरुद्ध छ ।

त्यस क्षेत्रको अवलोकन गदै प्रचण्डले सरकारले त्यस क्षेत्रको प्रभावितहरुको लागि पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
’यो सरकार तपाईहरुको साथमा छ, जनताको दुखमा अहिलेको गठवन्धन सरकार छ, तपाईहरुको दुखसुखमा साथ दिनै हामी अहिले यो ठाँउमा मन्त्री सहित आएका छौं,’ प्रचण्डले वाढी प्रभावित क्षत्रेको अवलोकनका क्रममा भनेका थिए ।
सिन्धुपाल्चोक र मनाङमा एक सय वर्ष यताकै सवैभन्दा वढी ठूलो क्षति पुगेको भन्दै प्रचण्डले भूगर्भविदहरुसँगको परामर्श र अध्ययन गराएर यस क्षेत्रका जनताको दीर्घकालिन योजना बनाउने वताएका थिए ।
प्रचण्डले भने,–‘तत्कालका लागि प्रभावित जनताको वसोवास र खाध्यान्नको ब्यवस्थापन गर्ने काम गछौं । दीर्घकालिन रुपमा पन िहामीले यस क्षेत्रका योजना बनाउने काममा हामी लाग्नेछौं ।’
हेर्नुहोस प्रभावित क्षेत्रको अवस्था तस्विरमा














भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया