उर्जामन्त्री बोकेर किन पुगे प्रचण्ड हिमाल पारीको जिल्ला मनाङ ? (तस्विरसहित)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शनिवार सत्ता गठवन्धन दलको शीर्ष नेताको एकचरणको छलफल सकेर हिमाल पारिको जिल्ला मनाङ पुगेका छन् । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाल, स्थायी कमिटिका सदस्य देव गुरुङ, सांसद योशोदा सुवेदी गुरुङ लगायतको टोली सहित नेपाल आर्मीको हेलिकप्टर एन ए ०५३ मार्फत मनाङ पुगेका थिए ।

त्यहाँ प्रचण्ड , उर्जामन्त्री भुसाल लगायतको टोलीले गत असार १ गते बाढीले क्षतविक्षत बनाएको क्षेत्रको अवलोकन भ्रमण गदै त्यस क्षेत्रका वाढी प्रभावितको लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।
प्रचण्ड लगायतको टोलीले मनाङको डिस्याङ गाउँपालिका १, पिस्याङ, चामे गाउँपालिका ४, नासो गाउपालिका वडा नम्वर ८ र ९ लगायतको क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । त्यस क्षेत्रमा वाढीले क्षतविक्षत बनाएपछि विद्युत सेवा अवरुद्ध भएको थियो । त्यस्तै टेलिफोन सेवा पनि त्यहा अहिले पनि अवरुद्ध छ ।

त्यस क्षेत्रको अवलोकन गदै प्रचण्डले सरकारले त्यस क्षेत्रको प्रभावितहरुको लागि पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
’यो सरकार तपाईहरुको साथमा छ, जनताको दुखमा अहिलेको गठवन्धन सरकार छ, तपाईहरुको दुखसुखमा साथ दिनै हामी अहिले यो ठाँउमा मन्त्री सहित आएका छौं,’ प्रचण्डले वाढी प्रभावित क्षत्रेको अवलोकनका क्रममा भनेका थिए ।
सिन्धुपाल्चोक र मनाङमा एक सय वर्ष यताकै सवैभन्दा वढी ठूलो क्षति पुगेको भन्दै प्रचण्डले भूगर्भविदहरुसँगको परामर्श र अध्ययन गराएर यस क्षेत्रका जनताको दीर्घकालिन योजना बनाउने वताएका थिए ।
प्रचण्डले भने,–‘तत्कालका लागि प्रभावित जनताको वसोवास र खाध्यान्नको ब्यवस्थापन गर्ने काम गछौं । दीर्घकालिन रुपमा पन िहामीले यस क्षेत्रका योजना बनाउने काममा हामी लाग्नेछौं ।’
हेर्नुहोस प्रभावित क्षेत्रको अवस्था तस्विरमा




















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया