आइतबार, चैत १५, २०८२

उपेन्द्रप्रति राजेन्द्र-महन्थको आक्रोश : मधेसका ‘अपराधी’

मेरोन्यूज २०७८ साउन २३ गते १८:४६

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाउँदै शक्ति क्षयीकरण भएपछि मधेस दौदाहमा निस्केका महन्थ ठाकुर र राजेन्द्र महतोले उपेन्द्र यादवप्रति आक्रोश पोख्न थालेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रवारवाट तराइ मधेसका जिल्लाहरुमा अगुवा कार्यकर्ता भेला आयोजना गदै हिडन थालेका महन्त र राजेन्द्र महतोले जिल्लाका अगुवा कार्यकर्ता भेला गदै उपेन्द्रमाथी मधेसको भक्षक भएको र मधेसी एकता भड्काउने अपराधी भएको भन्दै कडा आक्रोश पोख्न थालेका छन् ।

शनिबार जनकपुरमा महन्थ र राजेन्द्र पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गदै राजेन्द्र महतोले उपेन्द्र यादव मधेसको भक्षक भएको भन्दै मधेसको एकता भत्काउने अपराधी उपेन्द्र यादव भएको आरोप लगाएका हुन् ।

‘मधेस र मधेसी जनताको भावनामाथि ठूलो कुठाराघात भएको छ। अधिकार, पहिचान र आत्मसम्मानका लागि मधेसी जनताले सधैं मधेसवादीको एकता चाहे। तर त्यही भावनाअनुसार एक भएका मधेसवादी दललाई उपेन्द्र यादवले फोड्ने काम गरे, उनी मधेसका भक्षक हुन्, मधेसी एकता भत्काउने अपराधी,’ नेता महतोले यादवमाथी आक्रोश पोख्दै भने ।

उनले पार्टी विभाजन गर्ने उपेन्द्रलाई मधेसी जनताले उचित समयमा सजाया दिने पनि वताएका थिए ।

पार्टीभित्र अन्तरद्वन्द्व, मतभिन्नता, विवाद, वैचारिक लडाइँ हुनु स्वाभाविक भएपनि पार्टी नै विभाजन गर्ने गरी उपेन्द्रले खेलेको भूमिका भने भक्षक शैलीको भएको बताएका हुन् ।

प्रतिक्रिया