माधव नेपालले कार्यकर्तालाई भने, अरुले जस्तो बादरे नाँच नचाच्नु

काठमाडौँ । एमालेभित्रै अन्त्रसंर्घष चर्काईरहेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र सबैथोक म नै हुँ भन्ने मान्छेका कारण समस्या निम्तिरहेको बताएका छन् । अध्यक्ष केपी ओलीप्रति लक्षित गदै नेता नेपालले आफु पार्टीभित्रको समस्या समाधान गर्न केन्द्रीत हुन खोजेपनि सवैथोक म नै हुँ, म सर्वज्ञानी हुँ भन्नेहरुले पार्टीभित्रको समस्या समाधान हुन नसकिरहेको बताएका हुन् ।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गदै नेपालले त्यस्तो बताएका हुन् ।
नेपालले भने,– ‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखा पर्यो । त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं । तर के हल गर्नका लागि पार्टी भित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं हामी ? हो त्यही उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं ।’
नेपालले पार्टीभित्र अरुले जस्तो बादरे नाँच नचाच्न पनि आफु निकटका नेता कार्यकर्तालाई निर्देशन दिए ।
‘पार्टीलाई नयाँ जीवन दिन हामीहरु लाग्नुपर्छ । नेपालले भने, – तपाईहरु नयाँ हुनुपर्छ । अरुले जस्तो बाँदरे नाच नाच्ने काम गर्नु हुदैन । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्याउने काम कसैले पनि गर्न हुँदैन ।’ नेता नेपालले भने ।
नेपालले आफूभित्र रहेका त्रुटिहरु स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने बताए ।
‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुन सक्दछ । सबै सुध्रिउन । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं ।’ नेपालले भने ।
नेपालले अहंकारका प्रवृत्तिहरु देखा परेको भन्द्यै सामुहिकतामा जोड दिनुपर्ने पनि वताए । उनले भने, –‘सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक, सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा ९एमाले०मा समस्या देखापर्यो । त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं ।’















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया