प्रधानमन्त्री देउवाप्रति रामचन्द्र पौडेलको कडा कटाक्ष
सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुग्नु देशकै विडम्वना

काठमाडौं । नेपाली काग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाको कार्यशैलीप्रति पार्टीकै बरिष्ठ नेता रामचन्द्र पौडेलले कडा कटाक्ष गरेका छन् । सोमबार एकाविहानै वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशनको सन्दर्भ जोडदै प्रधानमन्त्री देउवाप्रति आक्रोश पोखेका हुन् । उनले प्रधानमन्त्री देउवालाई सर्वत्र असफल नेता भएको चित्रित गरेका छन् ।
सर्वत्र असफल ब्यीक्त बारम्बार सत्ता सम्हाल्न पुग्नु देशकै विडम्वना भएको पौडेलले तर्क गरेका छन् ।
देउवाले तोकिएको समयसीमाभित्र पार्टीको १४ औं महाधिवेशन गराउन नसकेर निर्वाचन आयोगसँग भिख माग्ने निरिह अवस्थामा पुर्याएको गम्भिर आरोप समेत देउवामाथी लगाएका छन् । पौडेलले निर्धारित मितिमा महाधिवेशन गराउन नसक्ने अवस्था आए १३ औं महाधिवेशनका प्रतिनिधीलाई सहभागी गराएर तत्कालका लागि विशेष महाधिवेशन बोलाएर तर्दथ समिति केही समयका लागि बनाएर जानका लागि प्रस्ताव देउवासँग गदै आएका थिए ।
तर देउवाले विशेष महाधिवेशन होइन नियमित महाधिवेशन नै हुने भन्दै पौडेलको त्यस्तो प्रस्तावलाई अश्वीकार गदै आएका थिए । तर शुक्रवार देउवाले आफुलाई भेटन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटन पुगेका गगन थापा, गुरुराज घिमिरे, सरिता प्रसाई, घनराज गुरुड लगायतका युवा नेताहरुसँगको छलफलमा अव के गर्ने भन्ने विषयमा निर्वाचन आयोगसँग पनि परामर्श गर्ने बताएका थिए ।
देउवाले आयोगसँगको परामर्शका आधारमा सर्वाेचचले गत वर्ष लकडाउनका बेला कर तिर्न सून्य समय मानेकोलाई पार्टीको महाधिवेशनमा प्रयोग गर्न चाहेको, आयोगलाई जरिवाना तिरेर भनेपनि केही समय लिएर वैधानिकता जोगाउन चाहेको संकेत गरेपछि पौडेलले देउवाप्रति यो आक्रोश पोखेका हुन् ।
काग्रेसले विद्यानत: ४ वर्षमा महाधिवेशन गर्नुपर्ने ब्यवस्था छ । तर उसले विद्यानको ब्यवस्था अनुसार थप एक वर्ष र संविधानको ब्यवस्था अनुसार अर्काे थप ६ महिनाको समय समेत लिईसकेको छ । तर पनि महाधिवेशन हुने नहुने कांग्रेसमा अन्यौल नै छ । २३ भदौं सम्म पनि महाधिवेशन गर्न नसके कांग्रेसलाई संवैधानिक संक्ट आउने छ ।
यही विषयमा देउवाले आयोगसँग उपायको खोजीमा परामर्श गर्ने भनेपछि वरिष्ठ नेता पौडेलले समयमा महाधिवेशन गर्न चुकेको, असफल भएको र आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुराएको भन्दै आक्रोश पोखेका हुन् ।
पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका हुन् ।
नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याएको उनको टिप्पणी छ ।
पटक/पटक महाधिवेशनको मिति घोषणा गर्दै सार्दै आएको कांग्रेसले अन्तिम पटक आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरेको थियो ।
सोही अनुसार तल्लो तहका अधिवेशनको पनि मिति तय भएको थियो । तर क्रियाशील सदस्यता वितरणको विवाद मिलाउन नसक्दा तल्लो तहको अधिवेशन स्थगित भइसकेको छ ।
तल्ला तहका अधिवेशन प्रभावित भएसँगै महाधिवेशन पनि हुने/नहुने अन्योल भएको छ । सभापतिले महाधिवेशन गराउन तत्परता नदेखाएको भन्दै असन्तुष्ट बनेका वरिष्ट नेता पौडेलले आज विहानै आक्रोस पोखेका हुन् ।

प्रतिक्रिया