प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : कक्षा १२ को परीक्षा स्थगित, अरू किन सञ्चालन ?

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाली कांग्रेस नेता गगन थापाले कक्षा १२ को परीक्षा स्थगितसम्बन्धमा प्रश्न गरेका छन् । उनले यसको आधार के हो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन, यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ?,’ थापाले भने, ‘प्रधानमन्त्री ज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नु पर्यो।’
सरकारले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयसहित विभिन्न तहको परीक्षा सञ्चालन भइरहेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरिसकेको छ ।
कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा@mohpnep को धारणा के छ?@PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो— Gagan Thapa (@thapagk) August 9, 2021










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया