प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : कक्षा १२ को परीक्षा स्थगित, अरू किन सञ्चालन ?

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाली कांग्रेस नेता गगन थापाले कक्षा १२ को परीक्षा स्थगितसम्बन्धमा प्रश्न गरेका छन् । उनले यसको आधार के हो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन, यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ?,’ थापाले भने, ‘प्रधानमन्त्री ज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नु पर्यो।’
सरकारले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयसहित विभिन्न तहको परीक्षा सञ्चालन भइरहेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरिसकेको छ ।
कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा@mohpnep को धारणा के छ?@PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो— Gagan Thapa (@thapagk) August 9, 2021
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया