लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावविरुद्ध एमाले सर्वोच्चमा
मेरोन्यूज
२०७८ साउन २५ गते १६:१४

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालत गएको छ । सोमबार एमाले लुम्बिनी प्रदेश सभाका सदस्य प्रदेश सभामा विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै रिट दायर गर्न सर्वोच्च अदालत गएका हुन् ।
उक्त रिटको सुनुवाइ गर्न सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको छ । अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुखले साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
सम्बन्धित















कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया