लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावविरुद्ध एमाले सर्वोच्चमा
मेरोन्यूज
२०७८ साउन २५ गते १६:१४

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालत गएको छ । सोमबार एमाले लुम्बिनी प्रदेश सभाका सदस्य प्रदेश सभामा विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै रिट दायर गर्न सर्वोच्च अदालत गएका हुन् ।
उक्त रिटको सुनुवाइ गर्न सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको छ । अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुखले साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
सम्बन्धित
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया