एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जित्ने टोलीले पाउने ट्रफी सार्वजनिक गरिएको छ ।
आयोजक ईपीएल प्रालिले आज कार्यक्रमको आयोजना गर्दै उक्त ट्रफी सार्वजनिक गरेको हो । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सो ट्रफी सार्वजनिक गरेका हुन् । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।
उक्त प्रतियोगितामा ललितपुर प्याट्रियट्स, काठमाडौँ किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष आयोजना हुने भनिएको ईपीएलको कोरोना महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । ईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता प्रदान गरेको छ ।
ईपीएलमा नेपालका उत्कृष्ट खेलाडीका साथै विदेशीले समेत भाग लिने आयोजकले जनाएको छ । काठमाडौँ किंग्स ११ ले पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई तथा चितवन टाइगर्सले पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरिसकेको छ । सो प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत मान्यता प्रदान गरिसकेको आयोजकले जनाएको छ ।

















निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौँः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै
झापाका समाजसेवी न्यौपाने मृतावस्थामा फेला
पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी
‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया