कर्णाली नदीमा बेपत्ता भएकी महिला मृत फेला
मेरोन्यूज
२०७८ साउन २५ गते २२:१०

कैलाली । आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ ।
घटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको आज सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए ।
सम्बन्धित
















क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया