कर्णाली नदीमा बेपत्ता भएकी महिला मृत फेला
मेरोन्यूज
२०७८ साउन २५ गते २२:१०

कैलाली । आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ ।
घटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको आज सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए ।
सम्बन्धित
















संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया