असिना पीडितलाई वितरण गर्न राखिएको चामल गाडियो
काठमाडौँ । दैलेखको नौमूले गाउँपालिकाका जनतालाई वितरण गर्न खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिना पीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो ।
असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल खरिद गरिएकामा केही वडा–वडामा वितरण गरिएको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको र बिग्रिएको चामललाई मुचुल्का उठाएर विर्सजन गरिएको बताए । गाउँमा निरन्तरको कोभिडको समस्याले धेरै समय गोदाममै रहेपछि चामल बिग्रिएको उनको भनाइ थियो ।
जनताले तिरेको करबाट खरिद गरिएको चामल गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नु पर्नेमा पालिकाकै कमजोरीका कारण कुहिएकाले आक्रोशित जनसमूहले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्नु पर्ने माग गरेको स्थानीयवासी छेत्रप्रताप सुवेदीले बताए ।

















रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै
काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापामा ६५ प्रतिशत मत खस्यो, आजै रातिदेखि मतगणना
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया