सभापति देउवाले पार्टीलाई असंवैधानिक बनाउन खोजे : नेता पौडेलले

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई असंवैधानिक बनाउन खोजेको बताएका छन् । मंगलबार आफू पक्षका जिल्ला सभापतिहरुको बैठकमा पौडेलले पञ्चायतकालमा कांग्रेसलाई प्रनेका (प्रतिबन्धित नेपाली कांग्रेस) भन्ने गरिएकोमा अब देउवाले अनेका (असंवैधानिक नेपाली कांग्रेस) बनाउन खोजेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘पञ्चायतकालमा प्रतिबन्धित थियौं । कांग्रेसलाई प्रनेका भनिन्थ्यो । अब विधान र संविधानको उल्लघंन गरेर कांग्रेसलाई देउवाले अनेका बनाउने भए । अनेका भनेको असंवैधानिक नेपाली कांग्रेस है ।’
पार्टीको विधानले ४ वर्षको कार्यकाल तोकेपनि सभापतिले बारम्बार विधान उल्लघंन गरेको र अहिले संविधान नै मिच्न खोजेको भन्दै उनले देउवाले हिजो विधान मिचे, आज संविधान मिच्न लागेको बताए ।
यस्तै बैठकमा सहभागी पौडेल पक्षका जिल्ला सभापतिहरुले निर्धारित समयमै महाधिवेशन गर्न माग गरेका छन् । काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले निर्धारित मिति भदौ १७, १८ र १९ गते महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरेका हुन् ।
बैठकले क्रियाशील सदस्यहरुको छनौटसम्बन्धी विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई आधार मानेर भएपनि महाधिवेशन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।
बैठकलाई सम्बोधन गर्न कांग्रेसका नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला, शेखर कोइराला सहभागी भएका थिए ।
















पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया