दुर्घटनाबाट जोगियो सीता एयर
मेरोन्यूज
२०७८ साउन २७ गते १९:१५

सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताए । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो ।
विमानमा सवार चालक दलका सदस्य सकुशल रहेका छन् । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर विमान रहेको छ । विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षति नभएको विमानास्थलले जनाएको छ ।
उक्त जहाजलाई पार्किङस्थलसम्म ल्याइएको छ । नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया