दबाव र प्रभावमा परेर फैसला गरेको छैन : प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायलयमा बसेर न्याय सम्पादन गर्दा आफूले कुनै पनि दबाब र प्रभावमा परेर फैसला नगरेकोे बताएका छन् ।
नेपाल कानून व्यवसायी परिषद्को २८औँ परिषद् दिवस तथा नेपाल बार काउन्सिल ल जर्नल लोकार्पण समारोहमा आज उहाँले इजलास गठन गर्दा वा फैसलामा बेलाबेला प्रश्न उठ्ने गरेको भए पनि आफूले दबाव र प्रभावमा आएर कुनै पनि फैसला नगरेको बताए ।
“बेञ्च गठनका विषयमा प्रश्न उठ्यो, मैले वरिष्ठताका आधारमा गठन गरे”, प्रधानन्यायाधीश राणाले भने, “ प्रश्नहरु छन् तर दबाब र प्रभावमा परेर फैसला गरेको छैन ।”
अदालतबाट फैसला हुँदा कमीकमजोरी भए पनि त्यसको मूल्याङ्कन इतिहासले गर्ने उल्लेख गर्दै उनले भने, “न्यायपालिकाका सबै फैसला ऐतिहासिक हुन्छन्, न्यायाधीश भनेको आत्मा हो, शरीर हुँदैन, गाली पनि लाग्दैन, प्रशंसा पनि लाग्दैन ।”
प्रधानन्यायाधीश राणाले कानून र संविधानबमोजिम न्यायपालिकाले फैसला गर्ने गरेको र सबै नागरिकको हितका लागि काम गरेको बताए । उनले न्यायपालिकाभित्र हुने गल्ती सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून केबल भाषा र किताबमा मात्र नभएर व्यवहारमा उर्तानुपर्नेमा जोड दिए । उनले कानूनी शासनमा नेपाल राम्रो छ भनेर विश्वमा चिनाउने तरिकाले काम गर्नुपर्ने बताए ।
परिषद्ले प्रत्येक वर्ष स्थापना दिवस मनाउने गरेको छ । सो अवसरमा परिषद्ले बार काउन्सिलको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मानसमेत गरेको थियो ।
















बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया