युवती हत्याको अभियोग लागेका फरार अभियुक्त १६ वर्षपछि सिआईबीको फन्दामा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ज्यानसम्बन्धी कसूरको मुद्दा लागेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चाँगाथलीबाट बुधबार रामेछापको खाँडादेवी गाउँपालिका–६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
गत २०६२ पुस ६ गते बेलुकी काठमाडौंको कलंकी लामपाटीस्थित डेरामा भगवती लामा (अधिकारी)को आगोले जलेर मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा खत्रिलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
प्रहरीका अनुसार भगवतीलाई शरीरमा आगोले जलेको अवस्थामा देखेपछि सोही घरमा बस्ने व्यक्तिहरुले ढोका फोडेर उनको उद्धार गरेका थिए । तर त्यसबेलादेखि नै फरार रहेका खत्रीलाई घटनामा संलग्न भएको आशंकामा भगवतीका बुवा इन्द्रबहादुर अधिकारीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।
भगवतीको पुस ७ गते बिहान वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कालीमाटीमा पठाइएको ब्यूरोले जनाएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया