प्रहरीको प्रश्न पत्र चोरीमा संलग्न ३ प्रहरी बर्खास्त, प्रि-स्याट परिक्षा रद्ध

काठमााडौं । राष्ट्रसंघको शान्ति मिशनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट) रद्ध भएको छ । प्रश्नपत्र चोरी भएको पुष्टि भएपछि प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त लामा नेतृत्वको समितिले छानबिन गरेर सो परीक्षा रद्द गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा परिक्षा रद्ध गरिएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुँवरले साउन १५ र १६ मा चार सेटको प्रश्नपत्रको आधारमा केन्द्र र प्रदेशमा लिइएको परीक्षा रद्द गरिएको मेरोन्युजलाई बताए । उनले भने, सिफारिसको आधारमा परिक्षा रद्ध गरिएको हो । छानविन समितिले सिफरिस गरेका व्यक्तिहरु विरद्ध कारबाहीको प्रक्रिया अगाडी बढाएका छौ ।’ उनले भने, ‘अब छिटै परिक्षा हुन्छ ।’
शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्न पत्र चोरीमा संलग्न ३ जनालाई प्रहरीबाट बर्खास्त गर्न छानविन समितिले सिफारिस गरेको थियो ।
डिआइजी लामाको नेतृत्वमा गठन गरिएको छानविन समितिले बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ५ सय ५० पृष्ठको प्रतिवेदन बुझाउँदै ३ जनालाई प्रहरी सेवाबाट हटाउन सिफारिस गरेको थियो ।
समितिले प्रहरी नायव निरीक्षक जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई जागिरबाट हटाउन सिफारिस गरिएको थियो । सोही सिफारिस बमोजिम प्रहरी प्रधान कार्यालयले कारबाही अगाडी बढाएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















जिली ईएक्स५ को २०२६ मोडल नेपालमा सार्वजनिक
137 crocodiles released in Rapti river
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
युवालाई प्रधानमन्त्री कार्कीको आग्रह : अनुशासित भएर राष्ट्रको सेवामा लाग्नुस्
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया