मौद्रिक नीतिले व्यवसायीलाई फाइदा पुग्यो : पूर्व गर्भनरहरू

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीतिमा उद्योगी व्यवसायीलाई फाइदा पुगेको पूर्व गर्भनरहरूले बताएका छन् ।
राष्ट्र बैंकका पूर्व गर्भनर चिरञ्जिवी नेपालले राष्ट्र बैंक केही दबाबमा आएर मौद्रिक नीति जारी गरे पनि उद्योगी व्यवसायीलाई फाइदा पुगेको बताएका छन् । मेरोन्युजसँग कुरा गर्दै उनले एक करोड रुपैयाँसम्मको उद्यम व्यवसाय कर्जामा २ प्रतिशत मात्रै प्रिमियम थप गर्न पाइने व्यवस्थाले उनीहरूलाई फाइदा पुगेको बताए ।
पूर्व गर्भनर नेपालले उद्यम व्यवसाय संचालन गर्न एक करोडसम्मको ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले थप पाउने व्यवस्थाको अवलोकनको आवश्यकता भएकोमा जोड दिए ।
यस्तै पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले मुलुकको आर्थिक अवस्थामा कार्य सरकारले गर्ने कि राष्ट्र बैंकले भन्ने प्रश्न चालु आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीतिमा देखिएको गुनासो गरे ।
उनले मेरोन्युज डटकमसँग कुरा गर्दै गत वर्षमा भएका बुँदालाई निरन्तरता दिँदै मुद्राभन्दा अर्थतन्त्रमा केन्द्रीय भएकाले मौद्रिक नीतिले प्रश्न सिर्जना गरको उल्लेख गरे ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
















निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया