अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

डोटी । लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ ।
शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ।
अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारी साधन अहिले गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि बन्द भएको थियो ।
उक्त राजमार्गका विभिन्न स्थानमा रहेका सडकका मोड विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ ।
















टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया