स्याल भनेर गोली हान्दा छोरालाई लागेपछि…
मेरोन्यूज
२०७८ साउन ३० गते ११:३३
काठमाडौँ । पाल्पामा स्याललाई हानेको गोली आफ्नै छोरालाई लाग्दा मृत्यु भएको छ । स्याल मार्न चलाएको बन्दुकको गोली छोरालाई लाग्दा मृत्यु भएको हो ।
रैनादेवी छहरा गाउँपालिका ६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर ३५ वर्षीय छोरा धनबहादुरको मृत्यु भएको हो । कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याल भनेर गोली हान्दा मकै बारीमै बसेका धनबहादुरलाई लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
सम्बन्धित
















अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया