माओवादीको प्रस्ताव : एमसिसीदेखि लिपुलेकको विषय कुटनीतिबाट समाधान गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ पृष्ठ लामो राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमा प्रचण्डले असोजदेखि पौषसम्म पार्टीको सम्मेलनदेखि एमसिसीबारेमा समेत पार्टीको धारणा पेश गरेका छन् ।
उक्त प्रस्तावमा गठबन्धनको सरकारले साझा नीति तथा कार्यक्रम सार्वजनिक भएको भन्दै सोहीअनुसार सरकारलाई सहयोग गर्ने उल्लेख गरेको छ । यस्तै, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) तथा भारतीय सीमा क्षेत्रहरू लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कुटनैतिक तवरबाट अघि बढ्ने उल्लेख गरिएको छ ।
‘एमसिसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कुटनैतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गरिने छ,’ प्रस्तावमा भनिएको छ ।
प्रस्तावअनुसार पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणसहित टोल भेला, वडा, गाउँपालिका तथा नगरपालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय भेलासम्म गर्ने जनाएको छ । माओवादीको पौष ११ गतेदेखि १३ गतेसम्म हुने राष्ट्रिय भेलामार्फत पार्टीको कार्य दिशालाई थप शसक्त बनाउने प्रस्तावमा राखिएको छ ।
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा सहभागी माओवादीले सबै तहमा जनताको भावनानुसार काम गर्ने प्रतिबद्धता जनाएको छ । ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कामलाई जनताको भावना अनुसार थप प्रभावकारी र व्यवस्थित बनाइनेछ, संघीय सरकारको साझा नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यन्वयन गरिनेछ,’ प्रस्तावमा भनिएको छ, ‘संयुक्त सरकारमा पार्टीले आफ्नो स्वतन्त्र पहिचान र भूमिका स्थापित गर्ने सवाललाई विशेष महत्व दिनु पर्नेछ ।’
प्रस्तावले पार्टीको केन्द्रीय निकायको कामलाई समेत समेटिएको छ । जसअनुसार पार्टीको केन्द्रीय आयोग, राष्ट्रिय परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्चलाई पूर्णता दिने जनाइएको छ । प्रस्तावमा भनिएको छ, ‘विभाग र निकायहरूको कामलाई व्यवस्थित बनाइनेछ, केन्द्रीय निकायहरूलाई केन्द्रीय समितिको सहयोगी निकायको रुपमा परिचालन गरिनेछ, केन्द्रीय आयोग विभाग र निकायहरूलाई गतिशिल बनाइनेछ ।’
















Three people killed in separate accidents
पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया