तनहुँमा १०१ जनाको निःशुल्क मुटु परीक्षण

तनहुँ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा शनिबार दमौलीस्थित नेशनल एपोलो अस्पतालमा १०१ जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय महासचिव प्रा. डा. प्रकाशराज रेग्मीको नेतृत्वमा गएका मुटुरोग विशेषज्ञ डा. प्रेमराज बैद्य, डा. अजय अधिकरी र डा. विनायक गौतमले मुटुरोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।
व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गरियो ।
सो अवसरमा प्रतिष्ठानका आजीवन सदस्यको स्वास्थ्य परीक्षण गरिएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँका उपाध्यक्ष एवं नेशनल एपोलो अस्पतालका सञ्चालक चूडामणि दाहालले जानकारी दिए । बिरामीको इसिजी, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिएको थियो ।
त्यसैगरी सो अवसरमा दमौलीका करिब १५ चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । चिकित्सकलाई मुटुरोगसम्बन्धी प्रशिक्षण प्रदान गरिएपछि थप उत्साहित भएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताए ।

















परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
उदयपुरमा गोली चल्दा मतपेटिकामा क्षति
चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया