राजधानी कब्जा गर्ने तयारीमा तालिवान, काबुलमा के हुँदै छ ?

काठमाडौँ । अफगानिस्तानमा तालिवान लडाकुहरू तीव्र गतिमा राजधानी काबुलतर्फ अगाडि बढेका छन् ।
आइतबार बिहानै तालिवान लडाकुहरूले पूर्वी सहर जलालावादमाथि नियन्त्रण कायम गरेका छन् । अब सरकारको नियन्त्रणमा एक मात्र प्रमुख सहरका रूपमा राजधानी काबुल रहेको छ ।
तालिवान लडाकुले तीव्र गतिमा मुख्य सहरहरूमा कब्जा जमाइरहँदा राष्ट्रपति अशरफ घनीलाई राजीनामा दिन दबाबमा बढेको छ । तर, उनी आत्मसमर्पण गर्ने वा राजधानी जोगाउने भन्ने पक्षमा विकल्प खोज्न प्रयत्न रहेका छन् ।
उता अमेरिकाले आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन ५ हजार सेना परिचालन गरिरहेको छ ।
जलालावादमा के भयो ?
बिबिसीको एक रिर्पोटअनुसार आइतबार बिहान तालिवानहरूले जलालावाद कब्जा गरेका थिए । यो सहर नान्गाहार प्रान्तको प्रमुख केन्द्र हो ।
अफगानिस्तानका एक स्थानीय अधिकारीले रोयटर्स समाचार संस्थालाई भने, ‘जलालावादमा अहिले कुनै झडप भइरहेको छैन, किनकि गभर्नरले तालिवान समक्ष आत्मसमर्पण गरिसके ।’

‘तालिवानलाई बाटो दिइरहनु नागरिकको ज्यान बचाउने एकमात्र तरिका थियो,’ ती अधिकारीले भने ।
पत्रकार तारिक गजनीवालले तस्विर कथित रुपमा प्रान्तीय गभर्नरलाई तालिवानलाई नियन्त्रण सुम्पिएको देखाएका छन् । जलालावाद आफ्नो नियन्त्रण लिनका लागि तालिवानले एक गोली पनि प्रहार गरेका थिएनन् ।
काबुलमा के हुँदै छ ?
काबुलमाथि तालिवानको हमला हुने भएसँगै १० लाखभन्दा बढी मानिसहरूले सहर छाडेका छन् । यसैबीच लाखौँ मानिसहरूले काबुलमा शरण खोजिरहेका छन् ।
आफ्नो ज्यान बचाउनका लागि कतिपय परिवारले तालिवानका लडाकुहरुसँग आफ्नो अविवाहित छोरीहरूको विवाह गरिदिनेसम्मको काम गरेका छन् ।

यस्तैमा एक ३५ वर्षीया मुजदा आफ्नी दुई बहिनीसँग परवानबाट भागेर काबुल पुगिन् । तर, काबुल नै तालिवानको कब्जामा जाने भएपछि उनले भनिन्, ‘तालिवानले विवाह गर्न बाध्य पार्नुको सट्टा ज्यान लिन्छन् ।’
‘म दिनरात रोइरहेकी छु,’ उनले एएफपी समाचार एजेन्सीलाई भनिन् ।
तालिवानको कब्जामा रहेका क्षेत्रका महिलालाई बुर्का लगाउन बाध्य पारिएको छ । अनुहार र शरीर नढाके सामाजिक नियम तोडेको भन्दै कुटपिट गरेको खबर छ ।
अफगानिस्तानका कुल ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिवानको नियन्त्रणमा पुगेका छन् । एजेन्सीको सहयोगमा










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया